default_image

8 years ago

July 4, 2016

गोल्डेनगेट र साउथ साइडर्स उपाधिनजिक

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे । गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को […]

57 views

0 Bookmark

गोल्डेनगेट र साउथ साइडर्स मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

goldengate and south siders reaches final

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले जिएएलाई ८४–६० ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा सुशील गुरुङले ३० अंक योगदान गरे । गोल्डेनगेटले पहिलो क्वाटरमा २९–१३ र दोश्रोमा २४–९ को अग्रता लिदै जितको आधार खडा गर्‍यो । त्यसपछिका दुवै क्वाटरमा जिएए अगाडि रहेपनि जित हात पार्न सकेन । जिएएले तेश्रोमा २४–२२ र चौथोमा १४–९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा साउथ साइडर्सले इनोभेटिभलाई ७४–५८ ले हरायो । साउथ साइडर्सका युक्ता माथेमाले २६ स्कोर गरे ।
साउथ साइडर्सले पहिलोमा १८–१७ र दोश्रोमा १०–११ अंक जोड्यो । तेश्रोमा १७–१० अंक जोडेको साउथ साइडर्सले चौथोमा १९–२० अंक बटुल्यो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा ह्वाइटहाउसले जेभियरलाई ५१–३६ ले पाखा लगायो । विजेताकी एलिशा मल्लले १६ अंक जोडिन् ।

अपराजित ह्वाइटहाउसले राउन्ड रोविन लिगकै अन्तिम खेलमा अर्को अपराजित टोली प्राइम विरुद्ध खेल्नेछ । उक्त खेल फाइनल सरह हुनेछ । त्यसमा जुन टोलीले जित हात पार्छ उसैले उपाधि हात पार्ने छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

Success

Thank you for your time.