default_image

9 years ago

July 4, 2016

साउथ साइडर्स र प्राइम च्याम्पियन

199 views

0 Bookmark

साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते ।

south sider and prime wins nepali nba
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१–७८ ले पराजित गर्‍यो । साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ अंक योगदान गरे । गोल्डेनगेटका सिद्धार्थ महर्जनले २४ अंक जोडे । पहिलो क्वाटरमा साउथ साइडर्स १४–२१ ले पछि पर्‍यो । त्यसपछिको खेलमा फर्केको साउथ साइडर्सले बााकी तीनवटै क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो । साउथ साइडर्सले दोश्रोमा २४–२३, तेश्रोमा २७–१८ र चौथोमा २६–१६ को प्रदर्शन गर्‍यो ।

महिलातर्फ फाइनल सरह राउन्ड रोविन लिगकै अन्तिम खेलमा ह्वाइटहाउसलाई ५७–४७ ले हराउदै प्राइम उपाधि जित्न सफल भयो । उक्त खेलअघि दुवै टोली अपराजित थिए । प्राइमको जितमा लुनिभा सिंहले २१ अंक जोडिन् । ह्वाइटहाउसकी अनुषा मल्लले १८ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १०–७ ले अघि बढेको प्राइम दोश्रोमा १७–१९ ले पछि पर्‍यो । बााकी दुवै क्वाटरमा पुन: प्राइमले अग्रता लियो । प्राइमले तेश्रोमा १२–६ र चौथोमा १८–१५ अंक बटुल्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साउथ साइडर्सका विजय तथा महिलामा प्राइमकी लुनिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई एमाले नेता गोकर्ण विष्ट, बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेलगायतले पुरस्कृत गरे । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा असार १० गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.