9 years ago
July 17, 2016
काठमाडौं(हाम्रो खेलकुद), साउन २ गते ।
इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रि- क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित गर्यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो ।
त्यस्तै हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए), विल्सन एकेडेमी र ग्रिनल्यान्ड पनि प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । एचएचसीएले रिब्सलाई ४८–२८ ले निराश पार्यो । विजेतका विशाल राईले २१ अंक जोडे । पेम्बा शेर्पाको १७ अंक मद्दतले विल्सनले क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई ४५–२२ ले पन्छायो । ग्रिनल्यान्डले काठमाडौं इङलिस स्कुलबाट वाकओभर पायो ।
अन्य लिग खेलमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) ले न्यु जेनिथलाई २९–१२, एन्जल्स हार्टले भ्याली पब्लिकलाई ३३–१९, ओडिसीले ड्याफोडिललाई ३५–२०, सेबले जिलेटलाई ३४–१३, बेबिलनले माउन्ट ग्लोरीलाई २८–१७, नेपाल सेन्ट्रलले कैलाश बोधीलाई १९–७, लोयल्टीले बालविकासलाई ३२–६ तथा एन्जल लर्डले अरुणिमालाई ३५–२२ ले हराए ।
विजेता टोली टीआईएका सलिन शेरचनले १४, एन्जल्स हार्टका सकबहादुर रोकाले १२, ओडिसीका सागर लामाले १३, सेबका रेजिल गुरुङले ६, बेबिलनका सगुन राईले १०, नेपाल सेन्ट्रलका सुवास बुढाथोकीले १४, लोयल्टीका सोनाम तामाङले २१ तथा एन्जल लर्डका सुजन राईले २१ अंक बटुले ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]