10 years ago
September 4, 2015
आयोजक जेभियर कलेज तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाईनलको यात्रा तय गरेको छ ।
शुक्रवार भएको पुरुष यु–१९ तर्फको पहिलो क्वाटरफाईनल खेलमा जेभियरको ए टिमले एलआरआइलाई ५४–४७ ले हराउदा विनेश न्यौपानेले २२ स्कोर गरे । वल्सन हुप अन्तर बिद्यालय बास्केटबल जारी नेरिकको दुवै टिम सेमिफाईनलमा नेरिक स्कुलको दुवै टिम पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा शुक्रवार सेमिफाईनलमा प्रवेश गरेका छन् । सिनियर ब्वाईजमा अंकित भण्डारीको सर्वाधिक २३ स्कोरको मद्दतमा नेरिकले माउण्ड कैलासलाई ६५–४१ ले हरायो । जुनियरतर्फको खेलमा नेरिकले ह्वाईटफिल्डलाई २८–११ ले हराउदा दिपक आलेमगरले सर्वाधिक ९ स्कोर गरे । सिनियर ब्वाईजमै हिम्सले हिमालयनलाई ६२–४१ ले हराउदै अन्तिम चारमा स्थान बनायो । हिम्सका तेन्जीङ थप्केले २७ स्कोर गरे । त्यसै गरि जुनियर ब्वाईजमा रुपिजले विस्डनलाई २२–१४ले हराउदै सेमिफाईनलमा प्रवेश गऱ्यो । रुपिजका दिवस अधिकारीले १३ स्कोर गरे ।
बाफल स्थित वल्सन एकेडेमीको कोर्टमा भएको सिनियर गल्र्सको क्वाटरफाईनल मा जित निकाल्दै भ्यालीपब्लिक,एचएचसीए,श्रीदेवा र न्युभिजन अन्तिम चारमा पुगे । भ्यालीपब्लिकले ब्रिटिसलाई ३६–९ ले हराउदा प्रतिक्षा मगरले १४ स्कोर गरे । एचएचसीएले बाबालाई ३६–३३ ले हराउदा शुशिला तामाङले १६ स्कोर गरिन् । मनिसा गुरुङको ८ स्कोरको मद्दतमा न्यु भिजनले मल्पीमाथी २३–२२ को रोमाञ्चक जित निकाल्यो । श्रीदेवाले टिआईएलाई ३८–२८ ले हरादा रिता शेर्पाले १५ स्कोर गरिन् । फोटो जेभियर कपमा आयोजक जेभियर र एलआरआई । फोटो डब्लु बी १ र २ श्रीदेवाकी खेलाडी टिआईए बिरुद्ध ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]