10 years ago
September 5, 2015
मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो जित हात पारेको छ ।
मोर्गनसंगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोश्रो जित दर्ता गरे । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको लिगमा मोर्गनले ह्वाइटहाउसलाई ५३–२४ ले पराजित गर्यो । मोर्गनका सोहर्त शाहले १७ अंक जोडे । अन्तिम क्वाटरसम्म अग्रतालाई कायमै राखेको मोर्गनले पहिलोमा १६–८, दोश्रोमा १३–७, तेश्रोमा ११–९ र चौथोमा १३–० को प्रदर्शन गर्यो ।
एआरआईले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६९–४५ ले हरायो । एलआरआईका विवेक श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४६ स्कोर गरे ।
एलआरआईले ट्रिनिटीलाई कुनैपनि क्वाटरमा अग्रता लिने मौका दिएन । एलआरआईले पहिलोमा १४–११, दोश्रोमा १५–६, तेश्रोमा १६–१३ र चौथोमा २४–१५ अंक जोड्दै जित अन्तर फराकिलो बनायो ।आइडियल मोडेल कलेज विरुद्धको खेलमा प्राइम ५४–४० ले विजयी भयो । प्राइमका सुरज खड्गीले १७ अंक बटुले । पहिलो क्वाटर ९–९ को बराबरीमा टुंगियो । बााकीका क्वाटरमा प्राइमले क्रमश: १४–६, १८–१६ र १३–९ ले अग्रता लिदै जित सुनिश्चित गर्यो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]