default_image

10 years ago

September 9, 2015

जेभियर र ह्वाईटहाउसलाई यु १९ बास्केटबलको उपाधि

180 views

0 Bookmark

आयोजक जेभियर र ह्वाईटहाउसलाई उपाधि आयोजक जेभियर इन्टर नेश्नल कलेजले तेश्रो जेभियर कप यु १९ महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको यु १९ पुरुष बास्केटबलको उपाधि माथी ह्याट्रिक गरेको छ ।

z3

जभियरले लगातार तेश्रो पटक शिल्ड घरमै राखेको हो । बुधवार भएको फाईनल खेलमा जेभियरले रिलायन्सलाई ६२–४७ ले हराउदा छेवाङ बिष्टले सर्वाधिक १९ स्कोर गरे । कालापुल स्थित आयोजकको कोर्टमा भएको यु १९ महिला बास्केटबलमा भने साईपाल ह्याट्रिक गर्नबाट चुक्यो । साईपालको बिजयी यात्रालाई ह्वाईटहाउस कलेजले ४८–३४ ले रोक्यो ।

प्रतियोगिताकी उत्कृष्ट खेलाडी चुनिएकी ह्वाईटहाउसकी डली तामाङले फाईनलमा सर्वाधिक १४ स्कोर गरिन् । यु १९ पुरुषतर्फ जेभियर कलेजका रबिन गौतम उत्कृष्ट खेलाडी चुनिए । बिजेतालाई राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा,आयोजक कलेजका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीलगायतले पुरस्कृत गरे । त्रियोग र केएमसी बिजयी त्रियोग र केएमसी स्कुलले दशौ क्विईक्स चिजबल गिनल्याण्ड बास्केटबल पतियोगितामा बुधवार जित निकालेका छन् ।

सिनियर ब्वाईजको खेलमा त्रियोगले २४–१७ ले हराउदा केएमसीले अभियान पब्लिकलाई २६–१९ ले रोक्यो । जुनियर ब्वाईजमै टिआईएले सेवलाई ३२–२७ ले हरायो भने द स्काईलार्कले हिमालयलाई ५३–३३ ले स्तब्ध पाऱ्यो । ग्रिनल्याण्ड स्कुलमा भएको जुनियर ब्वाईजको खेलमा इनोभेटिभ र ओडिसी बिजयी भए । इनोभेटिभले केएमसीलाई १६–१० ले हराउदा ओडिसीले सेबलाई २६–१७ ले पाखालगायो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.