default_image

10 years ago

September 10, 2015

प्राइम र गोल्डेनगेट सेमिफाइनलमा

174 views

0 Bookmark

प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Prime

प्राइमले एलआरआई कलेजलाई ५९–५४ ले पराजित गर्यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे ।

अन्तिम तथा चौथो क्वाटरमा २८–१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो । तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१–३७ ले पछाडि थियो । पहिलो क्वाटरमा १२–११ को झीनो अग्रता लिएको प्राइम दोश्रोमा ४–१२ ले पछाडि रह्यो । तेश्रोमा प्राइमले १५–१४ स्कोर गर्यो  ।

गोल्डेनगेटले जेम्स कलेजलाई ६४–४१ ले हरायो । गोल्डेनगेटका खुखेन लामाले १५ अंक जोडे ।

गोल्डेनगेटले जेम्सलाई चारै क्वाटरमा उछिन्यो । पहिलोमा १६–१० को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १८–११, १५–१० र १५–१० स्कोर गर्यो ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट प्राइमसंग हुनेछ । अर्को सेमिफाइनल लिभर इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेजबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.