default_image

2 years ago

December 4, 2021

तनावपुर्ण खेलमा एनआरटी र च्यासलको बराबरी

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् ।

वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो ।

रेफ्रीको निर्णयमा असहमति जनाएपछि दुवै टोलीबीच घम्साघम्सी भएको थियो । घम्साघम्सीकै बीचमा यान्निक केट्चाले रन्जन विष्टलाई धक्का दिएपछि उनलाई रेफ्री विश्वास कार्कीले पहेलो कार्ड दिएका थिए ।

त्यसअघि मिडफिल्डर रुमेश बतौंलाको गोलमा च्यासल युथ क्लबले पहिलो हाफमा अग्रता लिएको थियो । कमल श्रेष्ठको कर्नरमा आएको बललाई मेसुके ओउमोउको कमजोर क्लिअरेन्सको फाइदा उठाउँदै अनमार्क रहेका रुमेशले पेनाल्टी बक्सभित्रबाट ४३औं मिनेटमा गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा स्टेफन विनोङको क्रसलाई च्यासलका कप्तान विराज महर्जनले क्लियर गर्दै बचाए । २१औं मिनेटमा अशोक थापाको क्रसमा क्रिटिसरत्न चुन्जुले पेनाल्टी बक्समा मौका पाएपनि सदुपयोग गर्न नसक्दा एनआरटी अग्रता लिनबाट चुक्यो । उनको वान टच प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३२औं मिनेटमा क्रिटिसरत्न छुुन्जुको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले अघि बढ्दै बचाए ।

५१औं मिनेटमा मोउसा अवांगाको ३० यार्ड टाढाको प्रहारलाई एनआरटीका गोलक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाउँदा च्यासल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७३औं मिनेटमा स्टेफन समिर विनोङको पेनाल्टी बक्सभित्रको प्रहार पोलमा लाग्दै बाहिरिदा एनआरटी बराबरीबाट चुक्यो । लगत्तै स्टेफनकै प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए ।

७९औं मिनेटमा वैकल्पिक मिडफिल्डर दिपेश घलेले गोल गर्दै खेललाई १–१ गोलको बरारीमा ल्याए । नवीन गुरुङको कट ब्याकमा मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोस्रो टचमा दिपशेले गोल गर्न सफल भएका हुन् । बराबरीपछि च्यासलको ३ खेलबाट ४ अंक पुगेको छ । एनआरटीको ३ खेलबाट २ अंक छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.