default_image

3 years ago

March 28, 2022

नेपालले टस हार्यो

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आई त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल दुई ओडिआई खेलमा क्लिनस्विपको बदला लिने सोचमा हुनेछ । पिएनजी भने ओडिआई खेलको नतिजाबाट मनोबल उच्च हुँदा त्यसलाई निरन्तरता दिने सोचमा मैदान उत्रनेछ । सन्दीप लामिछानेले घरेलु मैदानमा टि२० आईमा पहिलो पटक कप्तानी गर्नेछन् ।

नेपाल दुबै ओडिआई खेलमा कमजोर बलिङको कारण पराजित भएको थियो । तर टि२० आई र ओडिआईको टोली फरक छ । पहिलो खेलमा नेपाल रोहित कुमार पौडेलको १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङका बाबजुद पराजित भएको थियो । २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ सय ८६ रन मात्र बनाउन सकेको थिए । रोहित टि२० आई टोलीमा थपिएका छन् ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।

December 12, 2024

काभा क्लब च्याम्पियन्सिप – लिगमा इरान यु १८ शीर्षस्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ ले हराएपछि सेमिफाइनल पुगिसकेको इरान यु-१८ टोली तालिकाको शीर्षस्थानमा रहेको छ। एक खेल अगाडि नै इरान यु १८ र हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि लगातार तीन खेल जितेको हेल्प नेपालले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो। पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक रह्यो । […]

December 12, 2024

जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि हर्ष ठाकरले नट […]

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

Success

Thank you for your time.