default_image

2 years ago

June 11, 2022

नेपालको मजबुत ब्याटिङ

132 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध मजबुत ब्याटिङ गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३२ ओभरमा २ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ ।

नेपालका देव खनाल ६० बलमा ३ चौकासहित ४२ रनमा अविजित छन् । रोहित पौडेल २७ बलमा २० रनमा क्रिजमा छन् ।विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा आउट भए ।

आसिफले ५८ बलमा ओडिआई करिअरको दोस्रो अर्धशतक प्रहार गरे । गतवर्ष आसिफले ओमानविरुद्ध ९० रनको इनिङ खेल्दै करिअरको उच्च प्रदर्शन गरेका थिए । आसिफको यो १० औं ओडिआई खेल हो ।

आसिफ अमेरिका भ्रमणमा अभ्यास खेलमा नेपाली अल स्टाार्सविरुद्धको खेलमा चोटका कारण एक हप्ता मैदान बाहिर रहेका थिए । खुट्टाको चोटका कारण आसिफले ओमानविरुद्ध खेल गुमाउनु परेको थियो । आसिफ पूर्ण फिट नभएपनि महत्वपूर्ण अर्धशतक प्रहार गरेर आउट भए ।

पहिलो विकेटका लागि चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए ।

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

May 17, 2024

सन्तोषीले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी‌ हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेको थियो। सन्तोषीको‌ नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.