default_image

3 years ago

November 10, 2020

मुम्बईको उत्कृष्ट सुरुवात

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको छ । मुम्बईले ६ ओभरमा ६१ रन जोड्दा १ विकेट गुमाएको छ । ओपनर रोहित शर्मा १५ बलमा १ चौका र २ छक्का सहित २४ रनमा खेलि रहेका छन् । […]

51 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको छ ।

मुम्बईले ६ ओभरमा ६१ रन जोड्दा १ विकेट गुमाएको छ । ओपनर रोहित शर्मा १५ बलमा १ चौका र २ छक्का सहित २४ रनमा खेलि रहेका छन् । सूर्यकुमार यादव ९ बलमा १ चौका र १ छक्का सहित १३ रनमा खेलि रहेका छन् । मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए ।

स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दिल्लीले सुरुवाती ६ ओभरमा पाँच बलर प्रयोग गरि सकेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । खराब सुरुवात गरेको दिल्लीलाई कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै मध्यम योगफलमा पुर्याएका हुन् ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

Success

Thank you for your time.