default_image

3 years ago

October 13, 2021

अन्जनको गोलमा नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ । खेल १-१ को अवस्थामा छ । ८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए । त्यसअघि सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा नै […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ । खेल १-१ को अवस्थामा छ ।

८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए । त्यसअघि सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो ।

खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

१५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।

३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुन: नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे । काउन्टर अट्याकमा सुमनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार किरणले विफल पारेका थिए ।

६४ औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।

खेलको ७९ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुरले रातो कार्ड पाए । पेनाल्टी क्षेत्र बाहिर आएर अन्जनको प्रहारलाई हातले रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । ८२ औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई वैकल्पिक गोलरक्षक अशरफुल रानाले विफल पारे ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेलेका थिए । मिडफिल्डमा विशाल राई र तेज तामाङलाई रोहित चन्दले साथ दिंदा आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका थिए ।

मिडफिल्डर पुजन उपरकोटीको नाम सुरुवाती ११ मा रहेपनि वार्मअपका दौरान घाइते भएपछि उनको स्थानमा विशाल राईले सुरुवाती रोजाइमा खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा विशाल राईको स्थानमा सुमन लामा मैदान प्रवेश गरेका थिए । ७४ औं मिनेटमा सुमन अर्याल र मनिष डाँगी मैदान प्रवेश गर्दा आयुष र सुजल बाहिरिएका थिए । ८५ औं मिनेटमा आशिष लामाले गौतमको स्थान लिएका थिए ।

आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 27, 2024

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिको मुख्य दाबेदार रियल म्याड्रिडले रियल शुक्रबार सोसिडाडमाथि संघर्षपूर्ण जित हात पारेको छ । रियलले सोसिडाडमाथि १–० को जित निकालेको हो । अर्दा गुलिरले गरको गोलमा रियलले सफलता हासिल गरेको हो । उनले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णय रह्यो । शीर्षस्थानमा थप मजबुत बनेको रियलको ३३ खेलमा ८४ […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

Success

Thank you for your time.