default_image

भलिबल

September 19, 2018

एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा एपएफले सुर्योदय कलेजलाई ३–० को सोझो […]

September 18, 2018

कर्णालीलाई भलिबलले चिनाउँछ – अन्तर्राष्ट्रिय रेफ्रि लासिवा

भानुभक्त अधिकारी सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे धारण राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए । ‘मेरो अनुभवमा कर्णाली भलिवलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिवलले […]

September 18, 2018

गण्डकी र थ्री स्टार समूह विजेता

काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट […]

September 17, 2018

ढोरपाटन पुरुष भलिबलः गन्डकी प्रदेशको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)-गन्डकी प्रदेशले राजधानीमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा दोहारो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको गन्डकीले धादिङ र चितवन टाइगरलाई समान ३–० को सेटमा पराजत गर्दै दोहोरो जित निकालेको छ । पहिलो खेलमा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले निराश पारेको गन्डकीले अर्को खेलमा […]

September 16, 2018

एपीएफ र थ्री स्टार क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र थ्री स्टार एकेडेमी पाँचौं ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ बाट तथा थ्री स्टार समूह ‘सी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । दुवै टोलीले समूहमा समान एक खेल खेल्न बाँकी छ । नयाँ […]

September 15, 2018

एपीएफ र चितवन टाइगरको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र चितवन टाइगरले राजधानीमा आजबाट शुरु भएको पाँचौं संस्करणको ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ छन् । नयाँ बसपार्कस्थत ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा समूह ‘बी’ रहेको एपीएफले ग्ल्यासियर कलेजमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । एपएिफले ग्ल्यासयमाथि […]

September 14, 2018

भलिबलमा विकेन्द्रिकरण प्रयासः २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल बाग्लुङमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । संघकै आयोजनामा २१औं संस्करणका काठमाडौंमा सम्पन्न गरेको महिला भलिबल प्रतियोगिताको २२ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता बाग्लुङमा आयोजना गर्ने निर्णय गरेसँगै संघले विकेन्द्रिकरण प्रयास थालेको हो । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी […]

September 14, 2018

ढोरपाटन पुरुष भलिबल भोलिदेखि, १६ टोलीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएको छ । भाद्र ३० गतेबाट असोज ६ गतेसम्म हुुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको डोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश […]

September 12, 2018

एपिएफलाई महिला भलिबलको उपाधि

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी न्यु डामयण्ड एकेडेमीलाई ३–१ कोे सेटमा पराजित गर्दै एपिएफले वर्षको चौथो उपाधि जित्न सफल भएको हो । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेटमा २५–२० को जित निकालेको थियो […]

September 12, 2018

महिला भलिबलमा आर्मीलाई तेस्रो स्थान

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीले पोखराको लामाचौरमा भएको महिला राष्ट्रिय भलिबलमा तेस्रो स्थान हात पारेको छ ।   लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले विदेशी खेलाडी सम्मिलित चितवन टाइगरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले चितवनमाथि २५–१८, २५–१८ र २५ […]

Success

Thank you for your time.