7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने भएको छ । भाद्र ३० गतेबाट असोज ६ गतेसम्म हुुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको डोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।
सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । समूह ‘ए’ मा आयोजक ढोरपाटन ‘ए’ गीतान्जली कलेज, वेल्कु युनाइटेड, धादिङ र एन्जल्र्स हर्ट स्कुल रहेका छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, ढोरपाटन ‘बी’, ग्ल्यासिएर कलेज र बडी गाउपालिका बाग्लुङ रहेका छन् । समूह ‘सी’ मा थ्री स्टार एकेडेमी, नेपाल छन्त्याल संघ, सुर्यदीप कलेज र बुढानिलकन्ठ भलिबल क्लब रहेका छन् । समूह ‘डी’ मा गन्डकी प्रदेश, स्प्रिङडेल कलेज, पाल्पा भलिबल संघ र धादिङ क्लब धादिङ रहेका छन् ।
प्रतियोगिता अन्र्तगतको पहिलो दिन चार खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितालाई यति ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ ।
मुख्य प्रायोजक यति ब्रुअरीको उत्पादन इनर्जी ड्रिंङ्स एम १५० को नामबाट सञ्चालन हुने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउने छन् । प्रतियोगिताको सह प्रायोजकमा आईएमई प्रालि र बीजी मल रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]