August 18, 2018
पोखरा(हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल कालिका गणको ‘ए’ र ‘बी’ टिम पोखरामा जारी अन्तरक्लब खुला पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फेवाताल किनारा (बाराहीघाट) मा शनिबार भएको खेलमा एपएिफ ‘ए’ ले मोदी गाउँपालिकालाई २१–१६ र २१–१८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । एपीएफ ‘बी’ ले कास्की जिल्ला भलिबल संघ […]
August 17, 2018
पोखरा (हाम्रो खेलकुद)- कास्की जिल्ला भलिबल संघको आयोजनामा शुक्रबारदेखि फेवाताल किनारामा अन्तर क्लब खुला पुरुष बिच भलिबल प्रतियोगिता शुरु भएको छ । बाराहीघाट बिच भलिबल कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा कास्की जिल्ला भलिबल संघको ‘बी’ टिमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’ लाई २–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । कास्कीका पुजन गुरुङ […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)- ३२ वर्षपछि एसियाड भलिबल खेल्ने तयारीमा रहेको नेपाली पुरुष भलिबल टिमलाई पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुले बिदाई गरेका छन् । नेपालको पहिलो महिला राष्ट्रिय टिमकी कप्तान कल्पना रानाको नेतृत्वमा आठौं र १० औं सागका कास्य विजेता महिला टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुले नेपाली पुरुष टिमलाई सोमबार सफलताको शुभकामनासहित बिदाई गरेको हो […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितालाई यति ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन क्लबले सोमबार प्रतियोगिताको मिति तोक्दै यति ब्रुअरी प्रालिसँग मुख्य प्रायोजकमा हस्ताक्षर गरेको हो । सम्झौतामा को आयोजनामा हुनेसम्झौता यति ब्रुअरी प्रालीका मार्केटिङ अफिसर बिभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले हस्ताक्षर गरे । सम्झौतापश्चात प्रतियोगितालाई […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलको लेभल–टु कोचिङ कोर्स काठमाडौंमा सम्पन्न भएको छ । नेपालमै पहिलोपटक सञ्चालन भएको पाँच दिने लेभल–टु कोचिङ कोर्समा १७ प्रशिक्षार्थी प्रशिक्षकले सहभागिता जनाएका थिए । जसमा नेपालका १४ जना, भारतका दुई जना र सिरियाबाट एक प्रशिक्षार्थीले ले भल–टु कोर्समा सहभागिता जनाएका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभी)का कोर्स डाइरेक्टर […]
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय खेल भलिबलको लेभल–टु कोचिङ कोर्स काठमाडौंमा सुरु भएको छ । पाँच दिने विशेष कोर्स नेपालमा पहिलोपटक आयोजना भएको हो । नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन गर्नका लागि पहिलोपटक लेभल–टु कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ । नेपालमा लेभर टू कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँच जनामात्र छन् । संघका […]
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा पहिलोपटक प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने पहिलो संस्करणको खुल्ला पुरुष बिच भलिबल प्रतियोगिताको लागि तीब्र तयारी भैरहेको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगिता १ भदौबाट ३ भदौसम्म पोखरा फेवातालको किनार बाराही घाटमा हुनेछ । पोखरालाई खेलकुदमार्फत पर्यटन […]
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको संयोजनमा राजधानीमा फ्रेन्चाइज बेसमा पहिलोपटक आधी आवाधी महिला लिग (एभिएल) भलिबल हुने भएको छ । संघले राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगमी असोज १५ गतेबाट २० गतेसम्म त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा एभिएल लिग हुने घोषणा गरेको हो । जसका लागि संघले भारतको नयाँ दिल्लीमा रहेको आधी […]
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए । बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले […]
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्। नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा […]