7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । संघकै आयोजनामा २१औं संस्करणका काठमाडौंमा सम्पन्न गरेको महिला भलिबल प्रतियोगिताको २२ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता बाग्लुङमा आयोजना गर्ने निर्णय गरेसँगै संघले विकेन्द्रिकरण प्रयास थालेको हो ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी गराएको हो । यससँगै संघको आयोजना, बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता २३ असोजदेखि २७ असोजसम्म हुदैछ । यससँगै संघको प्रतियोगिता आयोजनाको लागि बाग्लुङ जिल्ला भलिबल संघलाई ६ थान बल, १ थान नेट र १ लाख रुपैया हस्तान्तरण गरेको छ । केन्द्रिय संघका अध्यक्ष मनोरन्जनरमण शर्माले बाग्लुङ संघका अध्यक्ष यम बहादुर श्रीसलाई सामग्री हस्तान्तरण गरे ।
संघले यो प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी राष्ट्रिय टिमको तयारीको लागि राखिने बताए । गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैह्रेले नगरपालिकाको योजनामा खेलकुदको कार्यक्रम समावेश गरिएको र यसबारेमा बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्षसँग कुराकानीको क्रममा नेपालको राष्ट्रिय खेल भलिबल नै आयोजना गर्न पाउनु गल्कोटको लागि खुशीको कुरा रहेको बताए ।

संघीय ढाँचामा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्रदान गरिनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]