default_image

6 years ago

September 18, 2018

गण्डकी र थ्री स्टार समूह विजेता

काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेटमा २५–१४ को जित निकाल्यो । दोस्रो सेटमा पनि २५–१५ को सहज जित निकालेको गण्डकीले तेस्रो सेटमा २५–१९ को जित निकाल्यो । समूहमा तीन खेलबाट ९ अंक जोड्यो ।

यो समूहबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मंगलबारै भएको पहिलो खेलमा पाल्पाले धादिङमाथि २५–८, २५–११ र २५–८ को सहज जित निकालेको थियो । यो समुहबाट चितवन टाइगर र पाल्पामध्ये एक टिमले अन्तिम आठमा स्थान बनाउनेछ ।

थ्री स्टारले समूह चरणको अन्तिम खेलमा सुर्यदीप कलेजलाई २५–१६, २५–१३ र २५–१५ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का ग¥यो । वडिगार्ड गाउपालिकाले सुर्योदय क्लबमाथि ३–१ कोजित निकाल्यो ।

प्रतियोगिता अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछ । समूह ‘बी’ को अन्तिम खेलमा सुर्योदय क्लबले एपीएफको सामना गर्नेछ । ढोरपाटन ‘ए’ ले बेल्कु धादिङ, चितवन टाइगरले पाल्पा, सुर्यदीप कलेजले बुढानिलकन्ठ र ग्ल्यासियर कलेजले बडिगार्ड गाउपालिकासँग खेल्नेछ ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.