default_image

मुवाँथाई

February 11, 2023

मुवाँथाइको रेफ्री सेमिनार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाइ संघ नेपालको आयोजनामा मुवाँथाइ रेफ्री सेमिनार त्रिपुरेश्वरस्थित आफ्नै हलमा शनिबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उनीहरुलाई मुवाँथाइका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले प्रशिक्षण दिएका थिए । सेमिनार काठमाडौंमा फागुन ४ गतेदेखि सुरु हुने छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको […]

January 30, 2023

युएई मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन् । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।

December 29, 2022

रुचाल मुवाँथाई वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे । […]

November 24, 2022

विश्व मुवाथाईमा गुणराज र डेनिकालाई कास्य

काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका गुणराज रुचाल र डेनिका राईले थाइल्यान्डमा भएकाे १७औं विश्व मुवाथाई प्रतियोगितामा कास्यपदक जितेका छन् । गुणराजले ५७ केजीकाे प्रोफेसनल खेलमा कास्री पदक हात पारेका हुन् । सेमिफाइनलमा उजबेस्कितानका खेलाडीसँग दोस्रो राउन्डमा मेडिकल इन्जुरी कारण पराजित भएपछि उनी कास्यमा सीमित बने । गुणराजकाे याे छैटाैं विश्व च्याम्पियनिस खेल हाे । यस्तै […]

October 26, 2022

नेपालका रविन्द्रद्वारा गोवा कम्ब्याटमा भारतका खेलाडी नकआउट

एजेन्सी – भारतीय मिक्स्ड मार्सल आर्टको प्रसिद्ध इभेन्ट गोवा कम्ब्याट २०२२ अन्तर्गत नेपाली खेलाडी रविन्द्र धातले मेन इभेन्टमा भारतीय खेलाडीलाई नकआउट गरेका छन् । उनले मुख्य बाउट जित्दै ५० हजार भारतीय रुपैयाँ पनि जिते । सोमबार भएक स्पर्धामा लक एन्ड रोल एमएमए क्लबको प्रतिनिधित्व गरेका रविन्द्रले भारतका रवी शालाई दोस्रो चरणमा नकआउट गरेका थिए । […]

September 10, 2022

प्राप्ति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँ थाइ संघले पदक विजेता आफ्नो खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको छ । संघको तेस्रो साधारणसभाका अवसरमा शनिबार मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको हो । सो प्रतिस्पर्धामा उनले ग्रान्ड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता प्राप्तिलाई सम्मान गरिएको […]

August 9, 2022

मुवाथाईं खेलाडी गुणराजलाई बिदाईं

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मुवाथाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाई गरेका छन् । रुचालले भाद्र ४ गते कम्बोडियाको नोमपेन्हमा आयोजना हुने प्रोफेसनल फाईटमा कम्बोडियाका खेलाडी थुन ईंगलेसँग रुचालले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् । […]

August 4, 2022

कार्कीलाई मुवाँथाईको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे । सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद […]

July 23, 2022

मुवाँथाईको ग्रेडिङ

काठमाडौं (हाम्रो खेलकुद) – मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला खेलाडी सहभागी थिए । सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड-ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा […]

June 6, 2022

गुणराजलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले प्रोफेसनल फेयर टेक्स फाइटमा सफलता हात पारेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई सोमबार भेट गरी बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले गुणराजलाई सफलताका लागि बधाइ […]

Success

Thank you for your time.