default_image

मुवाँथाई

June 6, 2022

गुणराजलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले प्रोफेसनल फेयर टेक्स फाइटमा सफलता हात पारेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई सोमबार भेट गरी बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले गुणराजलाई सफलताका लागि बधाइ […]

May 21, 2022

गुणराजको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जित हात पारेका छन् । फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् । गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

April 29, 2022

पूर्व खेलाडीलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ । कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्वखेलाडी शर्मालाई सम्मान गरेको हो । स्वदेशमै उद्यमशीलताको विकास खेलक्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र […]

April 28, 2022

मुवाँथाई हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाई संघ नेपालको आयोजनामा आठौं इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ५२ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा हुने छ ।

April 15, 2022

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी […]

April 3, 2022

प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ […]

March 15, 2022

फर्पिङमा राष्ट्रव्यापी मुवाँथाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ४ प्रदेश तथा नेपाल आर्मी र एपीएफबाट जम्मा ५० […]

March 11, 2022

रसिब गलाकमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ ।गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोशाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे । नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो । गलाकले प्रति महिना […]

February 9, 2022

मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा एक कार्यक्रमकाबीच एलकन थापा मगरको अध्यक्षतामा मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको हो । समितिको उपाध्यक्षमा अशेस लिम्बु, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र […]

Success

Thank you for your time.