3 years ago
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ । मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।

२० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा गर्ने छन् । दुवै जनाले नवौं राष्ट्रिय खेलकुदमा क्विकोशिन कराँतेबाट स्वर्ण पदक जितेका थिए ।
अर्को सुपर लाइट वेट डिभिजनमा भारतीय खेलाडी लव कुमार र नेपालका विकाश गुरुङले प्रतिस्पर्धा गर्नेछन् । अर्को सुपर फ्लाई वेट डिभिजनमा रोशन घले र सन्दिप काप्री, सुपर बान्तम वेटमा अमृत गुरुङ र अनिश रेग्मीले प्रतिस्पर्धा गर्नेछ ।
फिदर वेट डिभिजनमा प्रशान्त तामाङ र प्रिन्स गुरुङ, युथ कार्डिट डिभिजनमा रतिम महर्जन र जेन्जी राई, फ्लाई वेट डिभिजनमा रेजिना विष्ट र सुश्मा चौधरी, सुपर लाईट वेटमा मिलन तामाङ र रोजित कायत, सुपर लाईट वेटमा छिरिङ पाल्देङ शेर्पा र आयुश गुरुङ र सुपर फिदर वेटमा सन्तोष लामा र ज्ञानेन्द्र सिंह भिड्नेछन् ।
शेर्पा आउटडोरको केटीएम सिटी मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखराको प्रर्दशन केन्द्रमा शनिबार हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीको सम्पुर्ण खेलाडीको अपेरियल केटीएम सिटीले उपलब्ध गराएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]