March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुद खेलकुदको मिति अझै तय हुन नसकेपछि सहभागी टोलीको संख्इा ११ वटा हुने भन्ने निश्चित भइसकेको छ । आन्तरिक प्रतिस्पर्धा गराउने उद्देश्यका साथ २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक ७ प्रदेश, ३ विभागिय टोली र एक एनआरएन खेलाडी सहभागी हुनेछन् । प्रदेश ५ मा आयोजना […]
January 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय हक्की टिमका चार सदस्य प्रशिक्षणका लागि पाकिस्तान जाने भएका छन् । नेपाल हक्की संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार खेलाडी पाकिस्तानी हिरोज क्लबमा अनुबन्ध भएको जानकारी गराएको छ । चार खेलाडीमा रोमन राना, सागर आचार्य, राजेन्द्र कार्की र मनोज चौधरी रहेका छन् । उनीहरुले पाकिस्तानी क्लबमा प्रशिक्षणका […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)–क्यामेलिया उच्च माध्यमिक विद्यालय कुलेश्वरले भारतको राजस्थानमा भएको आइमास वल्ड कुमुते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल आफ्ना दुई विद्यार्थी खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेको छ । विद्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्णधारी आयुसा तामाङ र आर्यन रन्जितलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित गरेको हो । विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]
December 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाको आयोजनामा प्रथम एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता यसैसाता आयोजना हुने भएको छ । आयोजक – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस १८ गतेबाट २० गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं उपत्यका […]
December 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ । भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेल प्याराग्लाइडिङका खेलाडीसहित अन्य खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको बताएको छ । एसियाडमा नेपालले […]
December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा पराजित गर्दै अन्मित चारमा पुग्न सफल भएका हुन् । यही उमेर समूहको यही तौल समूहमा विशालले गुल्मीका […]