default_image

राष्ट्रिय खेलकुद परिषद्

April 1, 2019

ऐतिहासिक आठौं र प्रदेश ५ को ‘गर्मी’

सुबास हुमागाईं, काठमाडौं अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु […]

March 29, 2019

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।

March 18, 2019

आठौं राष्ट्रिय खेलकुदः जिम्न्याष्टिक, कराते र सुटिङबाट खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् […]

March 17, 2019

सुजन र निर्माण प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुजन ज्वारचन र काभ्रेका निर्माण बोगटी प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा आइतबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० को फ्रेममा हराउदै अन्तिमा १६ मा पुग्न सफल भएका हुन् । त्यस्तै काभ्रेका निर्माण बोगटीले कास्कीका नवीन राणालाई ४–२ को फ्रेममा पछि पार्दै अन्तिम १६ को यात्रा तय […]

March 17, 2019

विश्व च्याम्पियनसिपमा दिगम्बरलाई ऐतिहासिक रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]

March 16, 2019

फुरी र सूर्यलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शनिबार सफलता हात पारेका छन् । फुरीले सिन्धुपाल्चोकका समुन्द्र लामालाई ३–० तथा सूर्यले ललितपुरका निशेष महर्जनलाई ३–१ को फ्रेममा पराजित गरे । त्यस्तै काभ्रेका किरण लामाले काठमाडौंका दीपजल ढुंगानालाई ३–१, ओखलढुंगाका शिव थापामगरले काठमाडौंका आइडेन गुरुङलाई ३–१, काठमाडौंका विकेश […]

March 16, 2019

क्रस कन्ट्रिमा दीपक र लक्ष्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् । नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् । कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा […]

March 15, 2019

अजितले एसियाली युथ एथलेटिक्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ । प्रशिक्षकको भूमिकामा धनीराम […]

March 15, 2019

टेनिस खेलाडी प्रणव शिखर इन्सुरेन्सको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – लनटेनिस खेलाडी प्रणव खनाल शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, थापाथलीको शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ […]

March 12, 2019

स्की टोली कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ । मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम […]

Success

Thank you for your time.