September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको विमा गरेको थियो । स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी […]
September 13, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]
September 2, 2018
जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् । यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र […]
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् । ३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् । […]
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ । एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए । यता, महिलातर्फ भगवती माझी […]
August 22, 2018
दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ । नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]
August 21, 2018
दीपक न्यौपाने जकार्ता – एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन मंगलबार पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए […]