default_image

7 years ago

September 2, 2018

एसियाडको भब्य समापन, नेपाल एक पदकमै सीमित

183 views

0 Bookmark

जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो ।

आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । यस्तै इन्डोनेसियन कलाकारहरु इसीयाना सरास्भाती, बुङगा सित्रा लेस्तारी, लिया सिभाजुथाङ, डेनाडा, डिरा सुगान्डी, जेफ्लो र अफगानले आफ्नो प्रस्तुतीमार्फत भरपुर मनोरञ्जन दिएका थिए ।


समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, अतिथि, पत्रकार र दर्शक गरी ५५ हजार उपस्थित थिए । यस्तै समारोहमा इन्डोनेसियाको संस्कृति झल्कने भेषभूषामा स्थानीय खेलाडी, अफिसियल र दर्शक उपस्थित भएका थिए ।
यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए। नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले झन्डा बोकेकी थिइन् । गत १८ अगस्टदेखि आइतबारसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।


यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो। चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो। पदक तालिकाको दोस्रो स्थानमा जापान रह्यो। जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्यो।

दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो। चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो। उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्यो।


नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो। नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो। यसअघिका एसियाली खेलकुदमा नेपालका लागि पदक जित्दै आएका तेक्वान्दो, कराते र बक्सिङ यसपटक पदकविहीन रहे । नेपाल १२ औं दिनसम्म पदकविहीन बन्नु परेको थियो। यसपटक देखि समावेश गरिएको प्याराग्लाइडिङबाट रजत जित्दा नेपालले २० वर्षपछि दोस्रो रजत जितेको हो ।

सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो । ८ देशले पदक जित्न सकेनन् । सार्क राष्ट्रमा भारतले १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी जम्मा ६९ पदक जित्न सफल भयो । भारत पदक तालिकाको आठौं स्थानमा रह्यो । एसियाली खेलकुदमा यो भारतको सबैभन्दा राम्रो प्रदर्शन हो । पाकिस्तानले ४ कास्य जित्दा अफगानिस्तानले २ कास्य जित्यो । अन्य सार्क देश श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले पदक जित्न सकेनन् ।

समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.