default_image

6 years ago

August 22, 2018

एसियन गेम्स पाँचौ दिनः नेपाल अझै पदकविहीन

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ ।   नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो […]

33 views

0 Bookmark

दीपक न्यौपाने
जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा १६ दिनसम्म चल्ने एसियाली खेलकुदको कुम्भमेला (एसियाड) को आज पाँचौ दिन सकिएको छ । पाँचौ दिन सकिदा चीन पदक तालिकामा अग्रस्थानमा रहँदा नेपालले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिएको छ ।

 

नेपाली खेलाडीहरु क्वाटरफाइनलसम्म पुग्न सफल भएपनि त्यो भन्दा अघि बढ्न सकेको छैन । केही खेलाडीहरुले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै नेपाललाई थोरै खुशियाली दिएको छ । पदकको अपेक्षा गरिएको खेलले झनै निराश बनाएको छ । नेपालले सहभागिता जनाएका केही खेलहरुको चुनौती समाप्त भैसकेको छ ।

कमलद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार
१८औं एसियाडअन्तर्गत भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए । क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे । कमल समग्रमा १४ औं भए । बिहीबार नेपालका विकास थापाले पुरुष ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

बास्केटबलमा ताइपेइसँग पराजित
महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९–८ ले पराजित ग¥यो । नेपालका भावना लामा र अनुषा मल्लले समान ३–३ अंक जोडे । एलिना गुरुङ र श्रेया खड्काले १–१ अंक बटुले । नेपाली महिला टोलीले अब शुक्रबार जापान र मंगोलियाको सामना गर्नेछ । त्यसअघि बिहीबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डन विरुद्ध खेल्नेछ ।

पौडीः गौरिका १९औं
एसियाली खेलकुदको पौडीतर्फ महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंहले १९ औं स्थान हात पारिन् । २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा गौरिककै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे । ३२ खेलाडीले सहभागी थिए । शुभम्ले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभमकै नाममा छ । उनको नाममा १ मिनेट ११.२४ सेकेन्डको कीर्तिमान छ । बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

तेक्वान्दो: वीर र भुपेन पराजित
पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलमै रोकिए । वीर काजाकिस्तानका खेलाडीसंग ३०–१९ ले पराजित भए । त्यसअघि वीरले अफ्गानिस्तानका खेलाडीलाई २४–१३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफ्गानिस्तानका रमेश हुसानीसंग २७–७ ले पछि परे । तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

लनटेनिसमा चुनौती समाप्त
लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

भलिबल
पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईंसंग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भयो । नेपालले शुक्रबार दक्षिण कोरियाविरुद्ध खेल्नेछ ।

कबड्डीमा पहिलो जित
पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ । समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९–१७ ले पराजित गर्दै पहिलो जित हात पा¥यो । सोही दिन इरान विरुद्धको खेलमा भने नेपाल ७१–२१ ले चुक्यो । नेपाल यसअघि इन्डोनेसिया र जापानसंग हारेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्याराग्लाइडिङ
प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए । यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ । दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे ।
महिला टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा रह्यो । नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए । महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो । इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे ।
यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन् । यो स्पर्धाको फाइनल बिहीबार हुनेछ । शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ ।

उसुमा सुस्मिता सातौं
महिला छान् छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन् । ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन् । चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए । बुधबारको खेलसंगै उसु सम्पन्न भएको छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.