default_image

7 years ago

August 29, 2018

राखेप बार्षिकोत्सव सप्ताह सुरु

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ 

एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन गरे ।
सप्ताह अन्तरगत कर्मचारीहरुकाविच म्युजिकल चेयर, ब्याडमिन्टन र टेबल टेनिस पुरुष÷महिला युगल तथा तान डोरी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
बुधबारनै सम्पन्न भएको म्युजिकल चेयरमा पुरुष तर्फ नारायणहरि थापा प्रथम भएका छन् । दोश्रो स्थानमा पासाङ्ग फिन्जि शेर्पा, तेश्रो स्थानमा सुनिल दाहाल, चौथो स्थानमा दूर्गाबहादुर थापा र पाँचौ स्थानमा फणिन्द्र पछाई रहे । यस्तै महिला तर्फ पहिलो स्थानमा शकुन्तला नगरकोटी, दोश्रो स्थानमा माया कार्की, तृतिय स्थानमा रश्मी शाक्य, चौथो स्थानमा रिता पाण्डे तथा पाँचौ स्थानमा पवित्रा पराजुली रहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.