default_image

राष्ट्रिय खेलकुद परिषद्

January 23, 2024

बंगबन्धु म्याराथनमा ७ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने यसै साता हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन शुक्रबार हुने बताइएको छ । पुरुष खेलाडीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण […]

January 22, 2024

एसियाड लक्षित ५ खेलको प्रशिक्षण अर्को साताबाट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै अर्को साताबाट ५ खेलको प्रशिक्षण सुरु गर्ने भएको छ । विगतमा भन्दा नेपालको सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गरिने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय […]

January 19, 2024

दक्षिण कोरियामा शीतकालीन युथ ओलम्पिक सुरु

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको गाङवनमा शीतकालीन युथ ओलम्पिक शुक्रबार सुरु भएको छ । भव्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीको सहभागिता रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । […]

January 13, 2024

वादोरियो करातेमा बागमती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सर्वाधिक १० स्वर्ण २ रजत र १ कास्य पदक जित्दै बागमती टिम बनेको हो । प्रतियोगितामा १२ इभेन्ट समावेश थिए । नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै […]

January 6, 2024

बास्केटबल संघको अध्यक्षमा गुरुङसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)- भीमसिंह गुरुङ नेपाल बास्केटबल संघको अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष छन्। नरेन्द्र थापाले महासचिवमा निरन्तरता पाएका छन्। फनिन्द्रमान श्रेष्ठ […]

January 5, 2024

चीनसँग खेलमा सहकार्य गर्ने राखेपको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीनसँग केही खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य–सचिव घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद (एसियाड) आयोजक कमिटीका उप–सचिव झेङ याउको नेतृत्वमा आएको टोलीसंग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा बताएको राखेपले जनाएको छ । उनले भेटमा […]

January 3, 2024

शीतकालीन ओलम्पिक युथ टोलीलाई केल्मीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेल पोशाकको प्रायोजन गरेको छ । केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमा नेपाल ओलम्पिक कमिटी (एनओसी)तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो […]

January 1, 2024

बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड -पार्वती र भूमिमाता पहिलो

काभ्रे (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको‌ बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती मावि तथा छात्रातर्फ भूमिमाता मावि प्रथम भएका छन् । गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माविले र छात्रातर्फ सरस्वती मावि पार्थलीले दोस्रो भए । तेस्रो स्थानमा छात्रतर्फ भिमसिनेश्वर मावि र छात्रामा चक्रेश्वर मावि तेस्रो स्थानमा रहे । गाउँपालिका सबै […]

December 29, 2023

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […]

December 22, 2023

खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयन

ठमाडौं (हाम्रो खेलकुद)– नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् । घिसिङले सदस्य सचिवको कार्यभार सम्हाल्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खेल संघको संस्थागत […]

Success

Thank you for your time.