default_image

2 years ago

December 22, 2023

खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयन

346 views

0 Bookmark

ठमाडौं (हाम्रो खेलकुद)– नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलकुदमा नयाँ अध्याय सुरु भएको बताएका छन् ।

घिसिङले सदस्य सचिवको कार्यभार सम्हाल्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खेल संघको संस्थागत विकास सुरु भएको सात दशक भन्दा लाामो समयदेखि खेलकुद बीमा सम्बन्धि कुनै नीतिगत व्यवस्था हुन नसकेको जनाउँदै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गरेका छन् ।

खेलकुद बीमालेख कार्यान्वयनमा आएसँगै खेल्ने क्रममा खेलाडी तथा खेलकर्मीको चोटपटकदेखि दुर्घटना समेतको जोखिम न्युनीकरणमा सहयोग पुग्नेछ । उनले पत्रकार सम्मेलनमा भने ‘खेलाडी तथा खेलकर्मीको पूर्ण रुपमा सुरक्षा गर्ने उद्देश्यका साथ बीमालेख जारी भएको छ । बीमालेखले खेलाडीमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउनेछ ।’

खेलकुदका प्रतियोगिता आयोजना गर्दा पछिल्लो समय खेलाडीको बीमा अनिवार्य गरिएपनि बीमालेख सम्बन्धि स्पष्ट नीति भने थिएन । बीमालेख जारी भएपछि सबै खाले प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण बन्ने सदस्य सचिव घिसिङको विश्वास छ ।

बीमालेखले दुर्घटना भए तत्काल र १ सय ८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै पार्थिक शरिर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थाई पूर्ण असक्तता सम्बन्धि व्यवस्था पनि गरेको छ । बीमालेखले खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरि तीन भागमा वर्गिकरण गरेर सोही अनुसारको व्यवस्था ऐनमा रहेको बताइएको छ ।

बीमा लेखको विशेषता
१) खेलहरुको वर्गीकरण

क) न्यून जोखिम – टेबलटेनिस, सफ्ट टेनिस,टेनिस, सुटिङ,गल्फ,बडीविल्डिङ,स्क्वास)
ख) सामान्य जोखिम – व्याडमिन्टन,क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ,जुडो,जिम्न्याष्टिक, ह्याण्बल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी,खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ ।
ग) जोखिमयुक्त –मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोई, क्वालाईविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल

२) दुर्घटनाका कारण तत्काल वा १ सय ८३ दिन भित्र मृत्य’ भएमा क्षतिपूर्तिको व्यवस्था

३) पार्थिव शरिर व्यवस्थापन खर्च

४) काजकिरिया खर्च

५) स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था

६) बीमालेखको अवधि

७) बीमा शुल्क दर बीमा लेखको विशेषता

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 6, 2025

नेपालसँग श्रीलंका पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]

November 5, 2025

नेपाल र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]

Success

Thank you for your time.