default_image

National Sports Council

July 2, 2024

पारा तथा विशेष खेलकुद – भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १ सय […]

July 2, 2024

‘राखेप मन्चसंग सहकार्य गर्न तयार’

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागिनेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्। विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । खेलकुद पत्रकारले  प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग […]

July 1, 2024

खेलकुद मन्त्री श्रेष्ठ र सेकेन्ड भाइस मिनिस्टर मि-रानबीच भेट

काठमाडौ (हाम्रो खेलकुद)-युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि-रानबीच आज सिओलमा भेटवार्ता भएको छ। भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरियो खेलकुद मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ […]

June 30, 2024

भीमले पारालिम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]

June 30, 2024

तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठलाई सातौं डान

काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् । श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास […]

June 28, 2024

खेलकुद मन्त्री श्रेष्ठ कोरिया प्रस्थान

काठमाडौ (हाम्रो खेलकुद)- कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दुतावासद्वारा आयोजित लगानी समिटमा सहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पुर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको […]

June 26, 2024

ओलम्पिक सहभागिता र तयारीमा‌ खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौ (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद(राखेप ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग जानकारी लिएका छन्। यसपटकको ओलम्पिकमा ७ नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ। ओलम्पिकको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ,एनओसीका उपाध्यक्ष […]

June 26, 2024

मनिताले पेरिस ओलम्पिक खेल्ने निश्चित

काठमाडौं (हाम्रो खेलकुद)– जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ। मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी(एनओसी) ले जनाएको छ। मनिता १२ औं दक्षिण एसियाली खेलकुद ( साग) की रजत विजेता विजेता खेलाडी हुन्। उनले ५७ केजीमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली […]

May 28, 2024

गणतन्त्र दिवसमा राखेपद्वारा ८ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ तथा मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले गत […]

May 28, 2024

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीमा यो वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन गरेको जानकारी गराएका थिए । राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि […]

Success

Thank you for your time.