default_image

1 year ago

June 26, 2024

ओलम्पिक सहभागिता र तयारीमा‌ खेलकुद मन्त्री श्रेष्ठको चासो

418 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद(राखेप ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग जानकारी लिएका छन्।

यसपटकको ओलम्पिकमा ७ नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ। ओलम्पिकको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ,एनओसीका उपाध्यक्ष ज्योति राणा महासचिव निलेन्द राज श्रेष्ठलगायतसँग छलफल भएको गरेका हुन्।

मन्त्री श्रेष्ठले सहभागिताको लागि खेलाडी बाहेक पदाधिकारीको हकमा आवश्यकताको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन्। उनले एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी सहित राखेपमार्फत मन्त्रालययमा पेश गर्न एनओसीलाई निर्देशन दिएका छन्।

साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरिमा आँच नआउने गरी सहभागी हुन राखेप र एनओसीलाई निर्देशन दिए।

राखेप सदस्य घिसिङले ७ खेलाडी मध्ये टेबल टेनिसका स्यान्टु श्रेष्ठ अष्ट्रेलियामा ,पौडीका डुवाना लामा थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षणमा रहेको उल्लेख ब्याडमिन्टनका प्रिन्स दाहाललाई राखेपले प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।

एनओसीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्यो। जसको कारण प्रिन्स प्रशिक्षक विना ओलम्पिक जाने संभावना रहेको छ।

सदस्य सचिव घिसिङले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई असारदेखि दैनिक २ हजार रुपैयाँका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। उनलेले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख रुपैयाँ बजेट खर्च भएको बताए।

साथै अब समर ओलम्पिक र पारा ओलम्पिक्सको लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पनि बताए। सदस्य सचिव घिसिङले पेरिस ओलम्पिकमा सहभागिताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

काठमाडौंमा गत महिना भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.