11 months ago
June 26, 2024
काठमाडौ (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद(राखेप ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग जानकारी लिएका छन्।
यसपटकको ओलम्पिकमा ७ नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ। ओलम्पिकको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ,एनओसीका उपाध्यक्ष ज्योति राणा महासचिव निलेन्द राज श्रेष्ठलगायतसँग छलफल भएको गरेका हुन्।
मन्त्री श्रेष्ठले सहभागिताको लागि खेलाडी बाहेक पदाधिकारीको हकमा आवश्यकताको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन्। उनले एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी सहित राखेपमार्फत मन्त्रालययमा पेश गर्न एनओसीलाई निर्देशन दिएका छन्।
साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरिमा आँच नआउने गरी सहभागी हुन राखेप र एनओसीलाई निर्देशन दिए।
राखेप सदस्य घिसिङले ७ खेलाडी मध्ये टेबल टेनिसका स्यान्टु श्रेष्ठ अष्ट्रेलियामा ,पौडीका डुवाना लामा थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षणमा रहेको उल्लेख ब्याडमिन्टनका प्रिन्स दाहाललाई राखेपले प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।
एनओसीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्यो। जसको कारण प्रिन्स प्रशिक्षक विना ओलम्पिक जाने संभावना रहेको छ।
सदस्य सचिव घिसिङले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई असारदेखि दैनिक २ हजार रुपैयाँका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। उनलेले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख रुपैयाँ बजेट खर्च भएको बताए।
साथै अब समर ओलम्पिक र पारा ओलम्पिक्सको लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पनि बताए। सदस्य सचिव घिसिङले पेरिस ओलम्पिकमा सहभागिताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।
काठमाडौंमा गत महिना भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।
यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिप भाग लिने नेपाली कराते टोली मंगलवार त्यसतर्फ जाने भएको टोली छ। ११ खेलाडीसहितको टोलीलाई सोमवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे। महिला (कुमुते): प्रशिक्षक व्यवस्थापक
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा मंगलवार सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत यो सातौँ प्रतियोगिता हो। ७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले […]
May 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्वदेश गुरुङले टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कप- एमेच्योर सिरिजको उपाधि जितेका छन्। आज गोकार्ण गोल्फ क्लबमा स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फारम्याटमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२ अंककासाथ उपाधि जितेका हुन्। उपाधिसँगै उनी आगामी नोभेम्बरमा एन्टाल्यामा हुने टर्किस एयरलाइन्स वर्ल्ड गाल्फ कपको ग्राण्ड फाइनलमा पनि छनोट भएका छन्। आङ डेन्डी शेर्पा काउन्ट ब्याकमा दोस्रो भए। […]