1 year ago
July 1, 2024
काठमाडौ (हाम्रो खेलकुद)-युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि-रानबीच आज सिओलमा भेटवार्ता भएको छ।
भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरियो खेलकुद मन्त्रालयले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए। उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकताकासाथ अगाडि बढाउने बताए।
भाइस मिनिस्टर मि-रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन। भेटमा नेपाल र कोरियाको संस्कृतीको विषयमा पनि छलफल भएको थियो।

यसैगरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको थियो। मि-रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन्।
कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]