default_image

1 year ago

July 2, 2024

‘राखेप मन्चसंग सहकार्य गर्न तयार’

391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागि
नेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्।

विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् ।

खेलकुद पत्रकारले  प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग गर्नु पर्ने जोड दिँदै घिसिङले खेलाडी भित्रको प्रतिभालाई सन्चारकर्मीले मात्र उजागर गर्न सक्ने बताए ।

खेलकुद विश्वविद्यालयका लागि परिषद्ले अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरि सकेको भन्दै हालकै विश्वविद्यालयहरुले खेलकुद फ्याकल्टी मार्फत अध्यापनको व्यवस्था गर्नु उचित हुने उनको धारणा थियो।

मन्चका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन दिपक बिष्ट, खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्षहरु अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा नेपालको सहभागिता सम्बन्धमा अनुभव राख्नु भएको थियो ।

यसै वर्ष हुने पेरिस ओलम्पिकमा ७ नेपाली खेलाडी सहभागिता रहने निश्चित भएको छ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.