default_image

एथलेटिक्स

November 22, 2023

धारा नेपालगन्ज म्याराथनको विजेतालाई २ लाख

नेपालगन्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा यो बर्ष नगद पुरस्कार बृद्धि गरिएको छ । म्याराथनको विजेताले २ लाख रुपैय पाउने आयोजक नेपालगन्ज म्याराथनले बुधबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । गत वर्षका विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले १ लाख, […]

November 12, 2023

मिस नेपाल श्रृच्छा नेपालगन्ज म्याराथनअघिको कन्क्लेभमा सहभागी हुने

नेपालगन्ज (हाम्रो खेलकुद) – मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान अर्को महिना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् । नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा वक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुने बताइएको छ । म्याराथनकोको […]

November 5, 2023

मलेसिया माउन्टेन ट्रेल रेसमा रशिला दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो […]

November 2, 2023

धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र, कनक्लेभ पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]

October 29, 2023

कन्यास्थानलाई कुपा कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […]

October 14, 2023

आर्मीका होमले जिते काठमाडौं म्याराथन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । उनलाई कसैले पनि चुनौती दिन सकेनन् । सुरूदेखि नै अग्रता बनाएका होमले निर्धारित (४२.१९५ किलोमिटर) दौड २ घण्टा ३० मिनेट २५ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । म्याराथनमा दुई घण्टा ३० मिनेट खराब टाइमिङ मानिन्छ । […]

October 10, 2023

देहरादून म्याराथनमा नेपालीको उत्साहजनक प्रदर्शन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा–नेपालगन्ज म्याराथनको समन्वयमा नेपालबाट सहभागी ४ जना खेलाडीले भारतको देहरादून म्याराथनमा उत्साहजनक प्रदर्शन गरेर फर्केका छन्। म्याराथनको ५० देखि ५९ उमेर समूहमा रेवतबहादुर दाहाल विजयी भएर फर्केका छन् । उनीसँगै देहरादून म्याराथनमा सहभागी नेपाली खेलाडी राजु श्रेष्ठले २१ किलोमिटरको हाफ म्याराथनमा आफ्नो उमेर समूह ४० –४९ मा दोस्रो स्थान ल्याए । […]

October 5, 2023

५० वर्षअघि अन्तर्राष्ट्रिय पदक जितेका केसीलाई सेनाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेको ५० वर्ष पूरा भएको अवसरमा जीतबहादुर केसीलाई सम्मान गरेको छ । प्रधान सेनापति ट्रफीको उद्घाटनका अवसरमा जङ्गी अड्डा भद्रकालीमा प्रधान सेनापति प्रभुराम शर्माले केसीलाई दोसल्ला, ताम्रपत्र सहित २५ हजार रुपैयाँले सम्मान गरेका थिए । केसीले २०३० सालमा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्रयाक […]

October 4, 2023

गोपीको व्यक्तिगत प्रदर्शनमा सुधार

हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो । उनले सन् २०१९ मा […]

October 2, 2023

एकै इभेन्टमा दुई धावकलाई स्वर्ण!

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १ सय १० मिटर हर्डल्समा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । एकल प्रतिस्पर्धा भएपनि दुवै खेलाडीले एकै समयमा निर्धारित दुरी पूरा गरेपछि दुवै खेलाडीले स्वर्ण पदक प्राप्त गरे । कुवेतका याकुब अलिऔहा र जापानका शुन्या ताकायामाले १३.४१ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए […]

Success

Thank you for your time.