default_image

बास्केटबल

February 24, 2023

टाइम्स र रातो बंगला भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र रातो बंगला १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले नवोदितलाई ६१–४५ ले पराजित ग¥यो । टाइम्सको जितमा सिमोनले २३ अंक योगदान गरे । आर्भन श्रेष्ठको २२ अंक सहयोगमा रातो बंगलाले सीसीआरसीलाई ६९–५६ ले […]

February 24, 2023

बूढानीलकण्ठलाई काष्ठमण्डप कप

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठले छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार उपाधि जितेको छ । मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि अर्चित थापाले सर्वाधिक ९ स्कोर गरे । अर्चित नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित […]

February 23, 2023

काष्ठमण्डप क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मल्पी ‘ए’, काठमाडौं वल्र्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगे । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ११ टिम सहभागी छन् ।

February 22, 2023

पीइसी बास्केटबल शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा तेश्रो थ्री बाइ थ्री यु–१९ खुला बास्केटबल प्रतियोगिता शुक्रबार हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा १३ तथा गल्र्समा ५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ ।

February 22, 2023

रातो बंगला सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । रातो बंगलाले आईएमएसलाई ५२–२१ ले पराजित ग¥यो । रातो बंगलाका रेवत गुरुङले १७ स्कोर गरे । त्यस्तै नवोदितले एलआरआईलाई ४५–३५ तथा सीसीआरसीले गोल्डेनगेटलाई ५१–२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवोदितका लेखमानले २३ […]

February 22, 2023

काष्ठमण्डपमा ए लेभल बास्केटबल

काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमहरुमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल रहेका छन् । […]

February 21, 2023

चाँदबाग र रेडिअन्टलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक र आयोजक चाँदबागले चाँदबाग कमफेस्टको बास्केटबलमा च्याम्पियन बनेका छन् । रेडिअन्ट ब्वाइज तथा चाँदबाग गल्र्समा पहिलो भएका हुन् । मंगलबार भएको ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७–१३ ले पराजित ग¥यो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पाठशाला नेपाललाई १२–११ ले हरायो । […]

February 21, 2023

बुद्ध, युनिक र इनोभेटिभलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २०औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । मंगलबार भएको सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित ग¥यो । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे […]

February 15, 2023

ज्ञान निकेतन बास्केटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता […]

February 14, 2023

भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र ग्रिनल्यान्ड दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४२–२२ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा सुनिल पौडेलले २२ अंक योगदान गरे । प्रवीण तामाङको १९ अंक सहयोगमा ग्रिनल्यान्डले पञ्चायणलाई ५८–२५ ले […]

Success

Thank you for your time.