default_image

breaking big news

May 16, 2018

एन्फाको घोषणा – ‘ए’ डिभिजन लिग असोजमा सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन […]

Sandeep Lamichhane

May 16, 2018

सन्दीप विश्व ११ मा समावेश

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ (जेष्ठ१७) मा उक्त खेल हुँदैछ। […]

May 16, 2018

दुई विभागिय टोलीलाई सभामुख भलिबल उपाधि

लिवाङ (हाम्रो खेलकुद) – प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् ।  रोल्पाको सदरमुकाम लिवाङमा बुधबार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । महिलातर्फको फाइनलमा एपिएफले पुलिसलाई ३–० सोझो सेटमा पराजित गरेको छ । पुरुष फाइनलमा […]

bharat khawas

May 15, 2018

फुटबलर भरत १ महिना मैदान बाहिर रहने

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले कम्तीमा एक महिना मैदान बाहिर रहनु पर्ने भएको छ । झन्डै डेढ बर्षअघि हातमा राखिएको स्टिल सोमबार निकालेपछि उनले कम्तीमा एक महिना आराम गर्नुपर्ने बताइएको छ । मलेसियामा डेढ बर्षअघि भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको प्रशिक्षण दौरान उनको हात भाचिएको थियो । […]

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]

May 15, 2018

मेस्सी युरोपियन गोल्डेन बुट जित्न नजिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ ।  यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका […]

May 14, 2018

आइपिएलमा पञ्जाबमाथि बैंगलोरको सहज जित

इन्दोर (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किङ्स ११ पञ्जाबलाई सहजै हराउँदै प्ले अफको सम्भावनालाई जीवित राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो । जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं […]

May 14, 2018

रुस्लान थ्री स्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई सोमबार ४–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको छ । यो महिना माईभ्याली गोल्डकप विजेता थ्री स्टारले फाइनल प्रवेशका लागि रमपम झापा ११ को सामना गर्नेछ । […]

mani shah

May 14, 2018

नेपाली फुटबल लेजेण्ड मणी शाहको निधन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ। कलेजोमा समस्या देखिएपछि उनी आइतबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।  शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । करिब १ दशक राष्ट्रिय टोलीका सदस्य मणीले नेपालबाट ४८ […]

fball

May 14, 2018

पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा क्रिकेटको दबदबा, पारस र सन्दीपबीच पनि प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]

Success

Thank you for your time.