default_image

क्रिकेट

December 21, 2017

यु–१६ का दुई खेलाडी गृहनगरमा सम्मानित

धनगढी (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई खेलाडी नारायण जोशी र सुवोध ऐर गृहनगर धनगढीमा सम्मानित भएका छन् । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो । सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको […]

December 21, 2017

इपिएलमा काठमाडौं किङ्सको पहिलो जित

चितवन टाइगर्स ३ विकेटले पराजित काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किङ्स इलाभेन टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकमा पहिलो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं किङ्सले आज चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएको थियो […]

December 21, 2017

काठमाडौंलाई १ सय ४३ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभेनलाई जितको लागि १ सय ४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनायो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए भने सावेज खान २७ रनमा आउट भए । […]

December 21, 2017

इपिएलमा भैरहवाको लगातार दोस्रो जित, ललितपुर ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियर्टर्सले दोस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडिएटर्सले लिगमा दोस्रो जित हात पारेको हो । भैरहवाले पहिलो खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो । ललितपुरले दिएको १ सय ४२ रनको […]

Yogesh

December 21, 2017

भैरहवालाई जितका लागि १ सय ४२ रनको लक्ष्य , योगेशको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडिएटर्सलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पार्यो । ललितपुरका लागि योगेश […]

December 20, 2017

श्रीलंका विरुद्ध भारत ९३ रनले विजयी

कटक (एजेन्सी) – भारतले श्रीलंकालाई तीन खेलको टि-२० सिरीजको पहिलो खेलमा ९३ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतको जितमा ब्याटिङतर्फ लोकेस राहुल र बलिङतर्फ युज्भेन्द्र चहल नायक रहे । निर्धारित २० ओभरमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.६ ओभरमा ८७ रन बनाउँदै अल-आउट हुन पुग्यो । श्रीलंकाका लागि ओपनर उपुल थरंगाले […]

December 20, 2017

तेस्रो दिन भैरहवा र विराटनगरको जित – [तस्विरमा]

काठमाडौं (हाम्रो खेलकुद ) – टीभिएस एभरेष्ट प्रिमियर लिगको तेस्रो दिन भएका दुई भिन्न खेलहरुमा विराटनगर वारियर्स र भैंरहवा ग्ल्याडियटर्सले जित हात पारेका छन् । आज भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । हेर्नुहोस हाम्रो खेलकुदका […]

December 20, 2017

शरद कप्तान रहेको भैरहवाको विजयी सुरुवात

काठमाडौंको लगातार दोस्रो हार काठमाडौं (हाम्रो खेलकुद)– भैंरहवा ग्ल्याडियटर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौं किङ्स इलाभेनलाई आज ७ विकेटले हराउँदै भैरहवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भैरहवाले आफ्नो पहिलो खेल जित्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ । काठमाडौंले दिएको १ सय […]

December 20, 2017

पारस नेतृत्वको विराटनगरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै पारस नेतृत्वको विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो । पोखरा वारियर्सले […]

December 20, 2017

विराटनगरलाई १ सय २३ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितको लागि १ सय २३ रनको लक्ष्य दिएको छ । लिग अन्तर्गतको तेस्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि […]

Success

Thank you for your time.