default_image

6 years ago

December 23, 2017

विराटनगरको लगातार चौथो जित, भैरहवा ३५ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । यसअघि नै इपीएलको प्लेअफ चरणमा पुगिसकेको विराटनगरले शनिबार भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । भैरहवाको भने प्रतियोगितामा यो पहिलो हार हो ।विराटनगरले दिएको १ सय ५० रनको […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ ।

यसअघि नै इपीएलको प्लेअफ चरणमा पुगिसकेको विराटनगरले शनिबार भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । भैरहवाको भने प्रतियोगितामा यो पहिलो हार हो ।विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।

भैरहवाका प्रदिप ऐरी र हरिशंकर शाहले समान १८ रन बनाए । त्यस्तै पुनित विष्ट १४ र कृष्ण कार्की १२ रनमा आउट भए । भुवन कार्की ७ तथा प्रथम सालुङ्के र पुनित मेहरा समान ६ रनमा आउट भएका थिए । कप्तान शरद भेषवाकर आज २ रनमा आउट भए । भैरहवालाई कम स्कोरमा समेट्न विराटनगरका अविनास कर्ण एक्लैले ४ विकेट लिए । वसन्त रेग्मीले ३ विकेट लिए भने शाहन आदेशा, पारस खड्काले १-१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले अंशुमान रथको अर्धशतकको मद्दतमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । राम्रो शुरुवात गरेको विराटनगरको मध्यक्रममले भने राम्रो खेल्न सकेन । विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका अंशुमनले आफ्नो पारीमा ८ चौका हिर्काए । अंशुमनको यो प्रतियोगितामा दोस्रो अर्धशतक हो । पहिलो खेलमा पोखरा राइनोजसँगको खेलमा उनले ६० रन बनाएका थिए ।

बाबर हायतले ३६ रनको योगदान दिए । ३५ रनमा पुनित मेहराको बलमा प्रथम सालुङ्केले क्याच छुटाए पनि १६ औं ओभरको पहिलो बलमा हरिशंकर शाहबाट ३६ रनमा बोल्डआउट भएका थिए । ओपनर आसिफ शेखलाई १ रनमै गुमाएको विराटनगरले दोस्रो विकेटको लागि ९३ रनको साझेदारी गरेको थियो ।

कप्तान पारस खड्का १५ रनमा आरिफ शेखको बलमा भुवन कार्कीबाट क्याचआउट भएका थिए । प्रनित थापामगर १४ रनमा आउट भए भने करन केसी ११ तथा पुष्प थापा २ रनमा नटआउट रहे । भैरहवाका हरिशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए । दिपेश श्रेष्ठले १ विकेट लिएका थिए । दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्सबीच खेल हुदैछ ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.