8 years ago
December 25, 2017
इन्डोर (एजेन्सी) – बिसीसीआईका छनोट समितीका अध्यक्ष मनाभा प्रसादले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी अझै विश्वका सर्वोकृष्ट किपर रहेको बताएका छन् ।
विश्व कप नजिकिदै गर्दा छनोट समितीका अध्यक्षबाट यस्तो प्रशंसा पाउनु धोनीका लागि १८ महिना पछि हुने क्रिकेट विश्व कपमा स्थान बन्न सक्ने प्रवल सम्भावना रहेको बुझ्न सकिन्छ ।
प्रसादले यसअघि ४ महिना पहिले धोनीले स्वतः विश्व कपको टोलीमा स्थान नबनाउने र उनले अन्य खेलाडी जस्तै छनोट हुनुपर्ने बताएका थिए । तर हाल पूर्वकप्तानको उच्च प्रदर्शनका कारण प्रसादले धोनीको प्रशंसा गरेका हुन् ।
फेब्रुअरीमा दक्षिण अफ्रिकासँगको टोली सार्वजनिक गर्ने क्रममा प्रसादले भने , ‘मेरो विचारमा महेन्द्र सिंह धोनी अझै विश्वका नम्बर १ विकेटकिपर हुन् । अनि हरेक दिन हामी देख्दैछौं , उनले गर्ने स्टमपिङ्ग , कट बिहाइन्ड, श्रीलंकासँगको टि-२० मा पनि अभूतपूर्व थिए । भारतीय क्रिकेटमा मात्र हैन , विश्व क्रिकेटमा पनि उनको स्तरको विकेट किपर छैन । ‘
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]