8 years ago
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले भैरहवा ग्ल्याडीयटर्सलाई जितको लागि १ सय ९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय लिएको पोखरा राइनोजले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनको योगफल तयार गर्यो ।
तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेको पोखराका लागि इसरार उल्लाहले सर्वधिक ४१ रनको योगदान दिए । सुनिल धमलाले १५ रनमा आउट भए भने आसिफ अलि १० रनमा आउट भए । त्यस्तै सौरभ खनाल ९ रन र नुरधोज सेन ७ रनमा आउट भए ।
भैरहवाका लागि कप्तान शरद भेषवाकर, दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समान २ विकेट लिए । हरि शंखर शाह, आसिफ अलि, प्रथम सलुंगी र पुनित मेहेराले एक एक विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]