default_image

8 years ago

December 25, 2017

काठमाडौंको छनोट सम्भावना झिनो, विराटनगर लिगमा अपराजित

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा विराटनगरले काठमाडौं किङ्स इलेभेनलाई ८ रनले पराजित गर्दै लिग चरणमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो । काठमाडौंका लागि कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । नरेश बुढाऐर ३० रनमा आउट भए । ओपनर अमित श्रेष्ठ १७ तथा सिद्धान्त लोहनी १५ रनमा आउट भए । सागर पुन १३, सागर कुमार १२ रनमा आउट भए । अक्षु फर्नान्डो ३ रनमा आउट भए ।

विराटनगरका अंशुमन रथले ३ विकेट लिए । वसन्त रेग्मी र राम नरेश गिरीले समान २ विकेट लिए । करन केसी र पारस खड्काले पनि १-१ विकेट लिए । विराटनगरका अंशुमन रथ ‘म्यान अफ दि म्याच’ घोषित भए र १० हजार नगद प्राप्त गरे ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गर्‍यो । विराटनगरका लागि बाबर हायातले सर्वधिक ६७ रनको योगदान दिए । अंशुमन रथ ३२ रनमा आउट भए भने कप्तान पारस खड्का २६ रनमा आउट भए । त्यस्तै अनिल शाह ९ रन र करण केसी ५ रनमा आउट भएका थिए ।

ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए । जितेन्द्र मुखियाको बलमा ६२ रनमा बाबर हायातको क्याच अक्षु फर्नान्डोले छुटाएका पनि थिए । काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २ विकेट लिएका थिए । कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले एकएक विकेट लिए ।

लिगमा विराटनगर ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने २ अंकसहित काठमाडौं पाँचौ स्थानमा छ । लिग अन्तर्गत आज पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच खेद हुदैछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.