default_image

क्रिकेट

April 9, 2024

विश्वकपको जर्सी केल्मीबाट २५ सय रुपैयाँमा प्रि अर्डर गर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि प्रि अर्डर खुला गरेको छ । केल्मीले ३६ सय रुपैयाँ पर्ने जर्सी प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरेको हो । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रि-अर्डर सुरु गरेको छ […]

April 9, 2024

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा २०८१ वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टि२० राष्ट्रिय प्रतियोगिता हुने भएको छ । आयोजकले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरेको हो । फाउन्डेसनको आयोजनामा संचालन हुने प्रतियोगितामा नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको सहयोग रहेको छ । प्रतियोगितामा ७ […]

April 8, 2024

चेन्नाईको कोलकत्ताविरुद्ध सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले कोलकत्ता नाइट राइडर्स विरुद्ध ७ विकेटको जित निकालेको हो । कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ […]

April 8, 2024

विश्वकपमा लगाउने जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी सोमबार सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजधानीमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जर्सी सार्वजनिक गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, […]

April 8, 2024

नेपालले विश्वकपअघि वेस्टइन्डिज ‘ए’ सँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपअघि घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने भएको छ । एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना हुनेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म […]

April 8, 2024

विश्वकपको जर्सी आज सार्वजनिक हुने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज साँझ ५ बजे एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गर्ने जानकारी दिएको छ । नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी निर्माण गर्न लागेको हो । यसै जुनमा हुने […]

April 8, 2024

लखनऊद्वारा गुजरात पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो । लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक […]

April 7, 2024

मुम्बई इण्डियन्सको पहिलो जित

एजेन्सी – जारी संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो । मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र […]

April 7, 2024

एस्टविक बलिङ कन्सल्टेन्ट नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रड एस्टविकलाई नियुक्त गरेको छ । क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको […]

April 7, 2024

नेपाललाई एसएमएस फ्रेन्डशिप कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान […]

Success

Thank you for your time.