default_image

युरो

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

October 16, 2023

वेल्ससँग क्रोएसिया पराजित

एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो) २०२४ को छनोटका खेल हरुमा गएराति स्पेन, वेल्स र टर्की विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्पेनले नर्वेलाई १-० ले पराजित गरेको हो। खेलको एकमात्र गोल गाभीले ४९औं मिनेटमा गरेका थिए। जित सँगै स्पेन युरोको लागि छनोट भएको छ। सोही समूह बाट स्कटल्याण्ड पनि युरोका लागि छनोट भएको […]

July 15, 2021

सिकको गोल युरोकै उत्कृष्ट

एजेन्सी – चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले युरो २०२० को समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोल चुनिएको छ । यूईएफएले बुधबार सामाजिक संजालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट गोल चुनिएको जानकारी दिएको छ । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहारमा गोलरक्षक डेविड मार्शल बिट हुँदै गोल भएको थियो । उक्त गोलसँगै […]

July 13, 2021

युरोको उत्कृष्ट ११ मा रोनाल्डो परेनन्

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को उत्कृष्ट ११ मा प्रतियोगिताका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले स्थान बनाउन सकेका छैनन् । यूईएफएले मंगलबार घोषणा गर्दा उपाधि विजेता इटालीका ५ खेलाडीले टोलीमा स्थान बनाएका हुन् । गोलरक्षकमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित जियानलुइजी डोनारुम्मा रहेका छन् । डिफेन्समा फाइनल खेलेका इंग्ल्यान्ड र इटालीका खेलाडीहरुको जोडी रहेको छ । […]

July 12, 2021

फाइनलमा पेनाल्टी चुकाएका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

एजेन्सी – इंग्लिस फुटबल एसोसिएसन (दि एफए) ले युरो २०२० को फाइनलमा पराजित भएपछि पेनाल्टी चुकाएका आफ्ना तीन खेलाडीमाथि सामाजिक सन्जालमार्फत रंगभेदी दुर्व्यवहार भएको घटनाको भर्त्सना गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डले इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ को हार बेहोर्दा इंग्ल्यान्डका तीन खेलाडी मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टी चुकाएका […]

July 12, 2021

स्पेनका पेड्री युरोको उत्कृष्ट युवा खेलाडी

एजेन्सी – स्पेनिस मिडफिल्डर पेड्री १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । आइतबार सकिएको युरोकप २०२० मा उत्कृष्ट प्रदर्शन गरेका क्याटलान क्लब बार्सिलोनाका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् । ११ जुनदेखि ११ जुलाईसम्म युरोपको ११ शहरमा आयोजना भएको युरोमा उनले ६ खेल खेलेका थिए । उनले प्रि–क्वाटरफाइनलमा […]

July 12, 2021

डोनारुम्मा युरोकै सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को उपाधि विजेता इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका […]

July 12, 2021

रोनाल्डोलाई युरोको गोल्डेन बुट

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् । इटालीविरुद्ध फाइनलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङलाई यो अवसर रहेपनि उनीहरुले गोल गर्न नसकेपछि रोनाल्डोले नै यो अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड […]

July 12, 2021

इटालीलाई युरो कपको उपाधि

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो । पहिलो हाफको सुरुवातमा नै अग्रता […]

Success

Thank you for your time.