default_image

फिफा विश्वकप

July 12, 2018

‘इङ्लिस सञ्चारमाध्यमले हामीलाई कमजोर आँकेका थिए’- मोड्रिच

मस्को (एजेन्सी)– इङ्ल्यान्डका सञ्चारमाध्यमले आफुहरुलाई कमजोर आकेको क्रोएसियाका कप्तान लुका मोड्रिचले बताएका छन् । विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि मोड्रिचको यस्तो भनाई सार्वजनिक भएको हो । थप समयमा मारियो मान्डुकिजले गोल गरेपछि क्रोएसियाले आइतबार हुने फाइनलका लागि फ्रान्ससँगको भेट पक्का गरेको थियो । खेलअघि गेराथ साउथगेटको इङ्ल्यान्डलाई क्रोएसियामाथि हावी हुने अनुमान गरिएको थियो । […]

July 12, 2018

तथ्यमा रसिया विश्वकप – फ्रान्स की क्रोएसिया ?

मस्को (एजेन्सी)– विश्व फुटबलको कुम्भमेला अब अन्त्यको चरणमा छ । फाइनल र तेस्रो स्थानको लागि मात्रै दुई खेल बाँकी रहँदा उपाधिको दावेदार मानिएको फ्रान्स र अनपेक्षित रुपमा क्रोएसियाले फाइनलमा स्थान बनाएका छन् । उपाधिको दावेदार मानिएको इंग्ल्यान्ड र बेल्जियमले शनिबार तेस्रो स्थानको लागि खेल्नेछन् । अपेक्षाभन्दा कमजोर मानिएका टोलीले उच्च प्रदर्शन गरेको विश्व कपमा केहि […]

July 12, 2018

क्रोएसिया पहिलो पटक विश्व कपको फाइनलमा, इङ्ल्यान्ड पराजित

मस्को (एजेन्सी)– क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ । थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो । १–० ले पछि परेको खेल उल्टाउँदै क्रोएसियाले पहिलो पटक विश्व कप फाइनलको यात्रा तय गरेको थियो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्व कप सेमिफाइनलमा […]

July 12, 2018

क्रोएसिया र इङ्ल्यान्डबीच १–१ बराबरी, खेल थप समयतर्फ

मस्को (एजेन्सी)– विश्वकप फुटबलमा इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल थप समयतर्फ गएको छ । यी दुई टोलीबीच खेलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको पछि खेल थप समयतर्फ अघि बढेको हो । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो । ६८ औं मिनेटमा इभान प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई […]

July 12, 2018

विश्वकप सेमिफाइनल – पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्यान्डको अग्रता

मस्को (एजेन्सी)– विश्वकप फुटबलको दोस्रो सेमिफाइनलको पहिलो हाफको समाप्तीमा इङ्ल्यान्डले क्रोएसियाविरुद्ध १–० को अग्रता लिएको छ । खेलको सुरुवातमै इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । अग्रतालाई जोगाउन सके इङ्ल्यान्ड १९६६ पछि पहिलो पटक फाइनलमा पुग्नेछ । फ्रान्स भने यसअघि नै फाइनल पुगिसकेको छ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स अन्तिम दुईमा पुगेको यिथो । यसअघि […]

July 11, 2018

विश्वकपमा उदाएका ५ खेलाडी

मस्को (एजेन्सी) – फिफा विश्वकप अन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरीएभन्दा निकै चाँडो घर फकर्न बाध्य भए ।यसक्रममा साना टोलीका केहि खेलाडीले भने विश्व फुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी जसले यसपटक राम्रो प्रदर्शन गरे, यसप्रकार छन् : ५. जुआन क्विन्टेरो (कोलोम्बिया) रुसको विश्वकपमा मिडफिल्डर […]

July 11, 2018

क्रोएसियाको सम्भावित सुरुवाती ११ – अनुभव नै हतियार

 मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् ।लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । क्रोएसियाको सम्भावित सुरुवाति ११ – गोलकिपर : सुबासिच डिफेन्डर : कोर्लुका, भिडा, लोभ्रेन, स्ट्रिनिच मिडफिल्डर : ब्रोजोभिच, मोड्रिच, राकिटिच फरवार्ड : रेबिच, मान्डजुकिच, पेरिसिच रुस विरुद्धको क्वाटरफाइनल […]

July 11, 2018

फ्रान्ससँग फाइनल खेल्ने इङ्ल्यान्ड कि क्रोएसिया ?

मस्को (एजेन्सी)– विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्नेछ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनल पुगिसकेको छ । फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि […]

July 11, 2018

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर […]

July 11, 2018

फ्रान्स विरुद्ध बेल्जियम : पहिलो हाफ गोलरहित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम भिडिरहेका छन् । पहिलो हाफको अन्त्यसम्म खेल गोलरहित बराबरीको स्थितिमा छ । खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई […]

Success

Thank you for your time.