default_image

फिफा विश्वकप

July 15, 2018

विश्वकप जिते राकिटिकले निधारमा ट्याटु खोप्ने

मस्को (एजेन्सी)– क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ । फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि निधारमा ट्याट्टु खोप्न […]

July 14, 2018

इंग्ल्यान्डलाई हराउंदै बेल्जियम विश्वकपमा तेस्रो

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ […]

July 14, 2018

इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले […]

July 14, 2018

बेल्जियम विरुद्ध इंग्ल्यान्ड – सुरुवाती ११

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ […]

July 14, 2018

विश्वकप तेस्रो स्थानको खेल आज : बेल्जियमसँग बदला लिने इङ्ल्यान्डलाई अवसर

पिटर्सबर्ग (एजेन्सी) – रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ ।  यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो […]

July 13, 2018

कतार विश्वकप जाडो मौसममा खेलाउने फिफाको निर्णय

मस्को (एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो ।   यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले […]

July 12, 2018

सर्वाधिक गोलकर्ता कप्तान केनको पीडा

मस्को (एजेन्सी)– विश्वकपको सेमिफाइनलबाट बाहिरिदा निकै पिडा बोध भएको इङ्ल्यान्डका कप्तान ह्यारी केनले बताएका छन् । १–० ले अग्रता लिएको क्रोएसियाविरुद्धको सेमिफाइनल इङ्ल्यान्डले अन्तमा २–१ ले गुमाएको थियो । मारियो मान्डुकिजको निर्णायक गोलमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा इङ्ल्यान्ड उपाधि दौडबाट बाहिरिएको थियो । काने आफै पनि खेलमा संघर्ष गरिरहेका थिए । खेलपछि शब्द विहिन […]

July 12, 2018

विश्वकपमा ‘फ्लप’ भएका ३ ठूला नाम

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ मा कैयौं युवा स्टारहरु उदय हुने मौका पाए । तर केही त्यस्ता पनि स्टार खेलाडीहरु छन् जो आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकेनन् । विश्वकप २०१८ मा ‘फ्लप’ भएका ३ ठूला नामहरु यी हुन्: ३. डेभिड डे गेया म्यानचेस्टर युनाइटेडबाट गरिरहेको प्रदर्शनले उनलाई विश्वको नम्बर १ गोलकिपरको रुपमा […]

July 12, 2018

‘नेयमारको प्रदर्शन हामीले अपेक्षा गरेजस्तो रहेन’

रियो दि जेनेरियो (एजेन्सी)– नेयमार विश्व कपको क्वार्टरफाइनलबाटै बाहिरिनुपर्दा निराश बनेका नेयमार विस्तारै स्वभाविक अवस्थामा फर्कने ब्राजिलियन विश्व कप विजेता पूर्व कप्तान काफुले विश्वास लिएका छन् । ब्राजिल अन्तिम आठबाटै बाहिरिएपनि समर्थकले नेयमारको चर्को आलोचन गरेका छन् । विश्व कपमा नेयमारकै प्रदर्शन पनि सन्तोषजनक रहन सकेन । उनको तुलनामा फिलिप्पे काउटिन्होले निकै प्रभावशाली प्रदर्शन गरेका […]

July 12, 2018

‘बालोन डी’ ओर होइन विश्व कप’- एमबाप्पे

मस्को (एजेन्सी)– फ्रान्सका सुपरस्टार केलियन एमबाप्पेले बालोन डी ओर अवार्डका विषयमा आफुले खासै वास्ता नगरेको बताएका छन् । लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बालोन डी ओर जित्ने सम्भावनाका बारेमा प्रश्न गर्दा उनले आफुलाई त्यसमा खास चासो नरहेको भन्दा ठाडो जवाफ दिएका छन् । पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले मात्र बालोन डी ओर […]

Success

Thank you for your time.