default_image

फुटबल

November 29, 2024

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको‌ सुरुमा अफगानिस्तानलाई […]

November 29, 2024

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]

November 28, 2024

सानो गौचरन मैदान पुनर्निर्माणको शिलान्यास

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]

November 28, 2024

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

एजेन्सी – लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ। रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो। लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो। ५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले […]

November 27, 2024

बार्यन र आर्सनलको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]

November 27, 2024

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ […]

November 27, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा […]

November 26, 2024

‘होम ग्राउन्ड’ डोमालाल राजवंशी रंगशाला स्तरोन्नति गर्दै झापा ११

हिमाल खरेल,बिर्तामोड मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यसै महिनाको अन्त्यमा सुरु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता मंसिर […]

November 26, 2024

रोनाल्डोको २ गोलसँगै अल नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ। अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। […]

November 25, 2024

एन्फाले एकलौटी निर्णय लाद्न खोजेको ‘बी’ डिभिजनका १० क्लबको आरोप

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]

Success

Thank you for your time.