default_image

1 year ago

November 25, 2024

एन्फाले एकलौटी निर्णय लाद्न खोजेको ‘बी’ डिभिजनका १० क्लबको आरोप

995 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्।

३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।

मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीको बैठकमा माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग सुरु हुने निर्णय गरेको भन्दै एन्फाले क्लब दर्ताको मिति समेत तय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको‌ थियो।

बक्यौता रकम माग गर्ने बी डिभिजन टोलीमा अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, विरगंज युनाइटेड क्लब, टुसार युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लब छन् ।

एन्फाले मंसिर २१ गते सम्म क्लब दर्ता गर्न समय निर्धारण गरेको थियो। मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप, मंसिर २५ र २६ गते क्लब लाइसेन्सेन्सिङ वर्कसप गर्ने तालिका सार्वजनिक गरिएको थियो।

पुस १३ गते बी डिभिजन लिगको खेल तालिका सार्वजनिक हुनेछ भने लिग माघ १३ गते सुरु हुने बताइएको थियो। बी डिभिजनका केहि खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।

बी डिभिजन लिग पछिल्लो पटक ३ वर्ष अघि भएको थियो। त्यति बेला चर्च ब्वाइज युनाइटेडले बी डिभिजन लिग जितेको थियो। डेढ वर्षअघि चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनिसकेको थियो भने बी डिभिजन लिग अझै हुन सकेको थिएन। त्यति बेलाको तयारी खर्चको बाँकी रकम अहिले सम्म पाउन नसकेमा १० क्लबले असन्तुष्टि जनाएका हुन् ।

‘ क्लबको पुरानो बाँकी पैसा दिनुहोस, बैठक डाक्नुहोस हामी उपस्थित हुन्छौं भन्दाभन्दै अधिकांश क्लबहरुको उपस्थिती बिना छलफलका नाममा एकलौटी निर्णय लाद्न खोजियो जुन हामीलाई कुनै पनि हालतमा स्विकार्य छैन,’ १० क्लबको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी स्वतन्त्र छौं, सहि र गलत बुझ्‌दछौं, आफ्नो हक अधिकारको ज्ञान राख्दछौ। न हामी हाम्रो जायज अडानबाट स्खलित हुन्छौ न त कसैबाट परिचालित नै। हामी हाम्रो अस्तित्व कायम राखी मौलिक हक अधिकार प्रति सजग हुदै नेपाली फुटबललाई हृदयमा राखेर सक्रिय रुपमा अगाडी बढिरहेका छौं, बढिरहने छौं।’

क्लबहरुले अगाडि भनेका छन्,’ हामी माथी फुटबल गर्न नचाहाने तत्वको रुपमा परिभाषित गर्न खोजिएको प्रति भने हामी घोर आपत्ति प्रकट गर्दछौं ।’

बी डिभिजन लिग पटक पटक स्थगित हुदै आएको छ। पछिल्लो घटनाक्रमबाट बी डिभिजन लिग यस पटक हुनेमा पनि संशय उत्पन्न भएको छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.