default_image

फुटबल

February 4, 2017

मनाङ झापा गोल्ड कपको उपाधि नजिक , आर्मी पराजित

दिपक बोहोरा झापा – पछिल्लो एक महिनामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार दस खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । टोलीले आयोजक झापा ११ सँग सोमबार फाइनल खेल्नेछ । पुस २३ गते टुबोर्ग हेटौडा […]

February 4, 2017

अस्ट्रेलियामा सनसाइनज जर्जबाट जगजितको ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियाको सनसाइन जर्ज क्रस एफसीबाट बुधबार ‘डेब्यू गरेका छन् । ’ भिक्टोरिया प्रिमियर लिगमा सनसाइनले मोरल्यान्ड जेब्राजसँगको पहिलो खेलमा २–२ को बराबरी खेलेको छ । पहिलो हाफमा २–० ले पछि परेको खेल उल्टाउँदै सनसाइन जर्जले खेललाई बराबरी गरेको थियो । सनसाइनले दुवै गोल दोस्रो […]

February 4, 2017

झापा गोल्डकप – मनाङ आर्मीको सामना गर्दै

दिपक बोहारा झापामा जारी दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा आज दुई ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्यादी क्लब र बिभागीय टोली त्रिभुवन आर्मी क्लब डोमलाल रङशालामा दिनको ३ बजे फाइनल प्रबेशको लागी प्रतिस्पर्धा गदैैछन। गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदुर पश्चिममा खप्तड […]

February 3, 2017

बगरभाई खलक रुस्लान जावलाखेल भेन्ट्रान्स फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– बगरभाई खलक पोखरा, सानो गौचरन नाइट किङग क्लब, हिमालयन शेर्पा क्लब र अभिषेक चर्च नवलपरासी  रुस्लान जावलाखेल भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल र फाइनल शनिबार हुनेछ । जावलाखेलको मैदानमा शुक्रबार भएको क्वार्टरफाइनलमा बगरभाई खलकले आयोजक जावलाखेललाई टाइब्रकेरमा हराएको थियो । गोलरहित बराबरीपछि को टाइब्रेकरमा बगरभाई खलक विजयी भएको थियो । […]

February 3, 2017

संकटा रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब २–० ले हराउँदै सिएमजी क्लब संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा शुक्रबार संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले […]

February 3, 2017

आयोजक झापा गोल्डकपको फाइनलमा, कर्णको दुई गोल

दिपक बाोहोरा झापा – झापा दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक समेत रहेको झापा शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० ले हराउँदै रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी र त्रिभुबन आर्मी क्लबबीचको विजेता संग झापाले माघ २४ गते फाइनल खेल्नेछ । गत महिना झापाले […]

February 3, 2017

एपिएफ र संकटा भिड्दै

सिमरा – रुस्लान आठौं सिमरा गोल्डकप फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ । दुई टिमबिचको खेल सिमरा रंगशालामा दिउसो २ बजेपछि सुरु हुनेछ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता हो । सिएमजी संकटाले पनि गोल्डकपको अघिल्लो संस्करणमा सहभागीता जनाउदै आएको छ । यसअघि बिहिवार भएको […]

February 3, 2017

झापा गोल्डकप पहिलो सेमिफाइनल- झापाले हिमालयन शेर्पाको सामना गर्ने

दिपक बोहोरा झापा – रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रमपम झापा ११ ले ए डिभिजन क्लब हिमालय शेर्पा क्लबको सामना गर्दै छ । आयोजक झापा ११ आफ्नो पहिलो खेलमा कालेम्पुङको शेर क्लब माथि ५–० को जित निकाल्दै र क्वाटर फाइनलमा सुदुर पश्चिम स्र्पोट क्लबलाई ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा […]

Rabin Shrestha and Sujal Shrestha

February 2, 2017

मनाङका मिडफिल्डर सुजल अस्वस्थ! अवस्था सामान्य

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कार्यवहाक कप्तान सुजल श्रेष्ठ अस्वस्थ भएपछि चिकित्सकले आरामको सल्लाह दिएका छन् । सुजलको कप्तानीमा मनाङ बिहीबार न्युरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै रमपम झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । ज्वरो आएपछि उनलाई बिहीबार राती विर्ता सिटी अस्पताल लगिएको थियो । केही समय अस्पतालमा […]

February 2, 2017

सरस्वती रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल […]

Success

Thank you for your time.