default_image

फुटबल

April 3, 2021

कौटिन्हो थप उपचारका लागि ब्राजिल जाने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नो ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होले यो सिजनको बाँकी खेल गुमाउने पक्का भएको जानकारी दिएको छ । गत डिसेम्बर २९ मा स्पेनिस ला लिगामा एइवरविरुद्धको खेलमा घुँडामा चोट बोकेपछि उनी टोली बाहिर रहँदै आएका छन् । उनी थप उपचारको लागि ब्राजिल जाने पनि क्लबले जनाएको छ । बार्सिलोनाले कौटिन्होको चोट तीन […]

April 2, 2021

शिवपुरी र विदुर क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शुक्रबार शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिगको आप्mनो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० ले हराउँदै समूह ए को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो ।शिवपुरीका लागि आशिष थिङले खेलको १८ औं मिनेटमा फ्रिकिकमा पहिलो गोल गरे । ३१ औं […]

April 2, 2021

थ्री नेसन्स कप फुटबल – लक्ष्य भन्दा बढी आम्दानी

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सम्पन्न थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले लक्ष्य भन्दा बढी आम्दानी गरेको छ । झन्डै डेढ करोड आम्दानी हुने लक्ष्य लिएको एन्फाले टिकट, विज्ञापन र प्रत्यक्ष प्रसारण अधिकारबाट १ करोड ७३ लाख ३५ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । जसमा ४ […]

April 2, 2021

सरकारले फुटबल टोलीलाई जनही ४ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यले सरकारबाट जनही ४-४ लाख रुपैयाँ पाउने भएका छन् । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । नेपालले फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो […]

April 2, 2021

एएफसी कपका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप २०२१ अन्तर्गत दक्षिण एसिया प्रारम्भिक छनोटको प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टस क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल चैत्र २५ गते हुनेछ । आर्मीले पत्रकार सम्मेलन आयोजना गर्दै खेलको लागि टिकट दर तय गरेको छ । साधारण तर्फ ३ सय रुपैयाँ र भीआइपी तर्फ ५ […]

April 2, 2021

रामोसले च्याम्पियन्स लिग र एल क्लासिको गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग र बार्सिलोनाविरुद्धको ‘एल क्लासिको गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय विश्राममा विश्वकप छनोटमा कोसोभोविरुद्धको खेलमा चोट बोकेपछि कम्तीमा दुई साता मैदान बाहिर रहने भएपछि रामोसले लिभरपुल र बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का भएको छ । चोटको प्रकृति हेर्दा उनले च्याम्पियन्स लिगको दोस्रो […]

April 1, 2021

श्रेष्ठ थ्री स्टारको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– आफ्ना पूर्व खेलाडी उर्जन श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबले प्रशिक्षक नियुक्त गरेको छ । थ्री स्टारका पूर्व रक्षक श्रेष्ठले मोफसलका प्रतियोगितामा टोलीको प्रशिक्षण सम्हाल्ने क्लबका अध्यक्ष अरुणमान जोशीले जानकारी दिए । श्रेष्ठसँग अर्को ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सम्हालेको अनुभव छ । श्रेष्ठको प्रशिक्षणमा थ्री स्टारले बिहीबार मकवानपुरमा जारी चौथो […]

April 1, 2021

विदुर, बेलकोटगढी र सूर्यगढीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सूर्यगढी गाउँपालिका विजयी भएका छन् । पहिलो खेलमा विदुरले किस्पाङ गाउँपालिकालाई २–० पराजित ग¥यो । विदुरका लागि सन्तोष थापाले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । सन्तोषले ३३ औं र पहिलो हाफ इन्ज्युरी समयमा गोल गरे […]

April 1, 2021

कप्तान किरण एएफसीको उत्कृष्ट खेलाडी मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाली फुटबल महासंघ (एएफसी) को साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा परेका छन् । किरणको कप्तानीमा नेपालले यसै साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको आमन्त्रण प्रतियोगिता थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणले प्रतियोगितामा तीन खेल खेल्ने क्रममा दुई […]

April 1, 2021

एआरए फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

चितवन (हाम्रो खेलकुद) – अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुन चितवनमा जारी सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा बिहीबार बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै एआरए अन्तिम दुईमा पुगेको हो । जारी प्रतियोगितामा एआरएले खेलेका सबै तीनै खेल टाइब्रेकरमा जितेको छ । टाइब्रेकरमा […]

Success

Thank you for your time.