default_image

फुटबल

March 29, 2021

रोहित सर्वोत्कृष्ट, सन्जोक म्यान अफ द फाइनल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालले सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । […]

March 29, 2021

नेपाल थ्री नेसन्स कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]

March 29, 2021

नेसन्स कप फाइनल पहिलो हाफमा नेपालको २–० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कपको फाइनलको पहिलो हाफमा नेपालले २–० ले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा घरेलु टोली नेपालले सन्जोक राई र विशाल राईको गोल मद्दतमा नेपालले २–० को अग्रता बनाएको हो । १३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गर्दा नेपाल […]

March 29, 2021

थ्री नेसन्स कप फाइनल: सन्जोकको डेब्यु गोलमा नेपाल १–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच थ्री नेसन्स कपको फाइनलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध १–० ले अघि बढेको हो । १३औं मिनेटमा सुनिल बलको क्रसमा त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं […]

March 29, 2021

नेपालको सुरुवाती रोजाई घोषणा, विशाल र सुनिललाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक महर्जनले यसअघि दुई खेलमा सुरुवाती रोजाईका रहेका अभिषेक रिजाल र रवि शंकर पासवान बेञ्चमा राखेको छ । उनीहरुको स्थानमा विशाल राई र सुनिल बलले पहिलो रोजाईमा मौका पाएका छन् । कप्तान किरणले नेपालको पोस्ट सम्हाल्दा रोहित चन्दले […]

March 29, 2021

थ्री नेसन्स कप फाइनल – टिकटको मुल्य वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको फाइनलको टिकटको मुल्य वृद्धि गरेको छ । एन्फाले थ्री नेसन्स कपको फाइनलमा भिआइपीतर्फ २ हजार र साधरणतर्फ १ हजार रुपैयाँ टिकटको मुल्य तोकेको छ । यसअघि भिआइपीतर्फ टिकटको मुल्य १ हजार ५ सय र साधरणतर्फ ७ सय रुपैयाँ रहेको थियो । एन्फा […]

March 29, 2021

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ५ः३० बजे हुनेछ । विश्वकप छनोटका खेल स्थगित भएपछि भएको थ्री नेसन्स कपको आयोजना हुदाँ घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर फिनिसिङमा चुकिरहेको नेपाल बंगलादेशविरुद्ध गोल गर्दै उपाधि […]

March 29, 2021

विराजको विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – लामो समय राष्ट्रिय टोलीका नियमित सदस्य विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिदैछन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कपका लागि २३ सदस्यीय टोलीमा रहेका विराजलाई मैदान उत्रेर विदाई लिने अपेक्षा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तान यू २३ र बंगलादेशविरुद्धको खेलमा विराजलाई मौका दिएनन् । आज बंगलादेशविरुद्ध […]

March 29, 2021

सफल किरणलाई घरमा जुरेको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं समकालिन गोलकिपरमा किरण चेम्जोङ निर्विवाद नम्बर एक गोलकिपर हुन् । एक दशक भन्दा लामो समययता राष्ट्रिय टोलीको गोलपोष्ट सम्हालेबाट पनि यो प्रष्ट हुन्छ । उनले खेल जीवनबाट विश्राम लिदा देशकै सर्वकालिन सफल गोलकिपर बन्ने सम्भावना पनि त्यत्तिकै छ । त्यसको अर्को बलियो कारण हो उनको सफल व्यवसायिक खेल जीवन हो । उनले […]

March 29, 2021

इटाली र जर्मनी विजयी

एजेन्सी – इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् । इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो । सोफिया बुल्गेरियामा आइतबार राति भएको खेलमा इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । […]

Success

Thank you for your time.