default_image

अन्तर्राष्ट्रिय

July 1, 2018

रसिया विश्वकप : अहिले सम्म ५० खेल र १ सय ३२ गोल

मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलबाट उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना र युरोपियन च्याम्पियन पोर्चुगल प्रि–क्वार्टरफाइनल बाहिरिएका छन् । अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी त उच्च गोलकर्ताको दौडमा थिएनन् । तर, पोर्चुगल यात्रा टुंगिएसँगै उच्च गोलकर्ताको दौडबाट सुपर स्टार क्रिस्टियानो रोनाल्डो बाहिरिएका छन् । रोनाल्डो ४ गोलसहित संयुक्त रुपमा उच्च गोलकर्ताको दोस्रो स्थानमा छन् । […]

July 1, 2018

उरुग्वे क्वाटरफाइनलमा प्रवेश, रोनाल्डो र मेस्सी दुवै बाहिरिए

फिस्ट (एजेन्सी) – विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा अग्रता लिन सफल भएको हो । लुइस स्वारेजको क्रसमा काभानीले हेडिङ गर्दै गोल गरेका थिए । ५५ औं मिनेटमा पोर्चुगलका लागि डिफेन्डर पेपेले गोल […]

July 1, 2018

पहिलो हाफमा पोर्चुगलविरुद्ध उरुग्वेको अग्रता

सोची (एजेन्सी)– पोर्चुगलविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा उरुग्वेले १–० ले अग्रता लिएको छ । इन्डिसन काभानीले खेलको केहि मिनेटमै गरेको गोलमा उरुग्वे अग्रता लिएको हो । लुइस स्वारेजसँगको उत्कृष्ट तालमेलपछि काभानीले सातौं मिनेटमानजिकबाट हेड गोल गरेका थिए । मैदानको बायाँबाट स्वारेजले दिएको क्रममा काभानीले नजिकबाट हेडमार्फत गोल गरेका हुन् । दायाँबाट काभानीले दिएको लामो क्रसपछि स्वारेजले […]

June 30, 2018

पेलेको कीर्तिमानसँग एमबाप्पेले गरे बराबरी

मस्को (एजेन्सी) – फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले ६० वर्षअघि ब्राजिलका पेलेले विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् । रसिया विश्वकपअन्र्तगत अर्जेन्टिनाविरुद्धको प्रि क्वार्टरफाइनल खेलमा २ गोल गरेसँगै एमबाप्पेले ६० वर्षअघि (सन् १९५८) मा पेलेले राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् । खेल फ्रान्सले ४–३ ले जित्न सफल भएको थियो […]

June 30, 2018

४-३ जितसंगै फ्रान्स अन्तिम ८ मा, अर्जेन्टिना बाहिरियो

काजान (एजेन्सी) – विश्वकप २०१८ अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएको छ । फ्रान्सको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा […]

June 30, 2018

फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १-१

काजान (एजेन्सी) – विश्वकप २०१८ को अन्तिम १६ को पहिलो खेलको पहिलो हाफमा अर्जेन्टिना र फ्रान्सले १-१ को बराबरी खेलेका छन् । खेलको १२ औं मिनेटमा किलियन एम्बाप्पेले डि-एरियामा पेनाल्टी जितेका थिए । सो पेनाल्टीमा एन्टोइन ग्रिजम्यान चुकेनन् र फ्रान्सलाई १-० को अग्रता दिलाए । ग्रिजम्यानले त्यसअघि फ्रि-किक मार्फत पोस्टमा पनि प्रहार गरेका थिए । […]

June 30, 2018

डि मारियाको नजरमा मेस्सी कसरी फरक ?

काजान (एजेन्सी)– अर्जेन्टिनाका एन्जल डि मारिया टोलीका सुपर स्टार लियोन मेस्सी अरु खेलाडी भन्दा फरक मान्छन् । मेस्सी, मारिया सम्मिलित टोलीले आज विश्व कप प्रि क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दैछ । मेस्सीले कसरी आफ्नो खेलमा स्तरीयता ल्याउँदै गएको भन्ने अनुभव पनि मारियाले खुलाएका छन् । ‘सन् २००८ को ओलम्पिकले खेल पुरै जीवनमा परिवर्तन ल्यायो । मैले […]

June 30, 2018

‘रोनाल्डोसँगको प्रतिस्पर्धा ला लिगामा मात्र हो’-स्वारेज

मस्को (एजेन्सी)– ला लिगामा बार्सिलोना र रियल म्याड्रिड खेल्दा मात्र क्रिस्टियानो रोनाल्डो प्रतिद्वन्द्वीका रुपमा लिएको लुइस स्वारेजले बताएका छन् । रोनाल्डोको पोर्चुगलले स्वारेज सम्मिलित उरुग्वेसँग शनिबार राती विश्व कपको प्रि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाका स्वारेजले रियलका फरवार्ड रोनाल्डोसँग व्यक्तिगत लडाई केहि नरहेको पनि प्रष्ट पारेका छन् । ‘रोनाल्डोसँगको प्रतिस्पर्धा भनेको क्लबमा मात्र सिमित छ । […]

June 30, 2018

ब्राजिलियन टोलीको अभ्यासमा नेयमारका छोरा विशेष अतिथि

सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष । नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा  […]

June 30, 2018

अपमान सहन नसकेर इरानी ‘मेस्सी’ अज्मौनको सन्यास

तेहेरान (एजेन्सी)– मेस्सीको नामले परिचित इरानी राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी तथा फरवार्ड सरदार अज्मौनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २३ वर्षीय अज्मौनले रसिया विश्वकप लगत्तै सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपमा गोल गर्न नसकेपछि आफ्नो अपमान सहन नसकेर आमा गम्भीर बिरामी परेको भन्दै उनले सन्यासको घोषणा गरेको बताएका छन् । ‘इरानका […]

Success

Thank you for your time.